Advertisement

जनप्रियले मनायो सांस्कृतिक उत्सव

Advertisement

जनप्रियले मनायो सांस्कृतिक उत्सव
मसुरिया– विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयले सांस्कृति उत्सव मनाएको छ । प्रधानाध्यापक धनीदत्त भट्टको अध्यक्षमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तर्गत सांस्कृतिक उत्सव मनाएका हुन् ।
कार्यक्रममा विद्यार्थीहरुले पहिरनसहितका थारू नृत्य, डेउडा नृत्य तथा गीत प्रस्तुत गरेका थिए । सांस्कृतिक प्रस्तुतिसँगै विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत घैंटो फोड प्रतियोगिता पनि गरेको थियो । प्रतियोगितामा विद्यार्थीतर्फबाट कक्षा १० मा अध्ययरत विद्यार्थी प्रशान्त टमट्टा र शिक्षक–कर्मचारीबीचको प्रतियोगितामा विद्यालयका कर्मचारी रमा कँडेल विजय भएका थिए ।
यसैगरी कार्यक्रममै जनप्रिय माध्यमिक विद्यालयबाट सरुवा भई गएका शिक्षक शान्ति पन्त र उत्तमराज पनेरुलाई विदाई गरिएको थियो भने सरुवा भई आएका शिक्षक लक्ष्मी शर्मा जोशी, तीर्थराज जोशी, रविना चौधरी, श्यामबहादुर खत्रीलाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक भट्टले सरुवा भई गएका शिक्षकको योगदानको कदर गर्दै दोसल्लासहित कदर पत्रले सम्मानित गरेका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक भट्टले भने,‘उहाँहरुले विद्यालयमा पुगाउनु भएको योगदान अविष्मरणीय छ, विद्यालय परिवार उहाँहरुलाई सम्झिरहने छ ।’ सरुवा भई आएका शिक्षकलाई स्वागत गर्दै उनले भने,‘तपाईहरुसँग अभिभावक तथा विद्यालय परिवारले ठूलो आशा लिएको छ ।’ कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम अध्यक्ष तथा नागरिक दैनिकका पत्रकार पुष्पराज जोशी, कामना टेलिभिजनका पत्रकारद्वय दिनेश खाती, दिनेश विसी र सुनौलो एफएमका पत्रकार विशाल साउँद तथा शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो । विद्यालका शिक्षक हीरासिंह विठाडी र विद्यार्थी विशाल साउँदले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज