Advertisement

बाढीले सिँचाइमा र ऊर्जा ३ अर्ब ८० करोडको बराबर को क्षति

Advertisement

काठमाडौँ —अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले ऊर्जातर्फ २ अर्ब ४५ करोड रुपैयाँ र नदी नियन्त्रण तथा सिँचाइतर्फ १ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको बताए । ‘क्षतिसम्बन्धी विवरण एवं तथ्यांक प्राप्त हुने क्रम जारी छ, पूर्ण रूपमा तथ्यांक संकलन भएपछि अद्यावधिक गर्छौं,’ उनले भने ।

बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षका कारण ११ सय मेगावाट बराबरको बिजुली उत्पादन रोकिएको समेत उनले बताए । कुल १ हजार १० मेगावाट जडित क्षमताका १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

सञ्चालनमा रहेका ६२५.९६ मेगावाटका ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । सञ्चालनमा रहेका ४५६ मेगावाटको माथिल्लो तामाकोशी, २२ मेगावाटको वाग्मती साना जलविद्युत् आयोजना, २२.१ मेगावाटको तल्लो हेवा खोला, १४.९ मेगावाटको हेवा खोला–ए, ८६ मेगावाटको सोलु दूधकोशी, ४ मेगावाटको माई खोला क्यास्केड, ९.६ मेगावाटको माई खोला जलविद्युत्, १ मेगावाटको फेमे खोला, ५ मेगावाटको सिउरी खोला, २ मेगावाटको खानी खोला र ४.३६ मेगावाटको टुंगुन ठोस्नेमा क्षति भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१,४० मेगावाटको सुपरन्यादी, २५ मेगावाटको इलेप खोला तातोपानी, ५ मेगावाटको हेवा खोला, १५.१ मेगावाटको सभाखोला बी, ६.३ मेगावाटको सभाखोला सी, ८६.५९ मेगावाटको लान्द्रुक मोदी, १ सय मेगावाटको सुपर त्रिशूली, २० मेगावाटको लाङटाङ खोला, १४.९ मेगावाटको माया खोला, ९९.४ मेगावाटको लाप्चे खोदा, ४० मेगावाटको भोटेकोशी १, ८२ मेगावाटको तल्लो सोलु, १४० मेगावाटको तनहुँ र १२० मेगावाटको रसुवा भोटेकोशीमा समेत क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।

सबैभन्दा बढी माथिल्लो तामाकोसीमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । हालसम्म सञ्चालित सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी तीन दिनदेखि बन्द रहेको र त्यसको क्षतिको विवरण संकलन जारी रहेको उनको भनाइ छ । तामाकोशी बाँधस्थलमा रहेको नियन्त्रण कक्ष भवनमा क्षति पुगेको छ । पोखरीलगायत संरचनामा क्षति पुगेको छ । र ४ जना कर्मचारी बेपत्ता छन् ।

तामाकोशी नदीको कटानका कारण खिम्ती–लामोसाँघु प्रसारण लाइनको टावर बगाउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीमा जोड्न समस्या भएको मन्त्रालयले जनाएको छ । खिम्ती–लामोसाँघु प्रसारण लाइन भएर काठमाडौंका लागि बिजुली ल्याउने गरिएको छ । इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्‍याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर छ । चार वटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ । यी दुई वटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ ।

५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको छ । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको हो । विभिन्न सिँचाइ आयोजना तथा नदी नियन्त्रणमा पनि क्षति पुगेको मन्त्रालयका सिँचाइ सचिव सरिता दुवाडीले जनाइन् । कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज