Advertisement

बझाङ क्रिकेटकाे ईतिहास

Advertisement

बझाङ : बझाङ जिल्लामा क्रिकेटकाे सुरुवात २०५२ सालमा सुरु भएको हाे ।

२०५२ सालमा जिल्लामा क्रिकेटको उत्पत्ति भएको अर्थात खेल्न सुरु गरिएको हाे । त्यतिबेला एकेन्द्र बहादुर सिँह,ब्यासी पसलमा काम गर्ने बिमल ब्यासी,महेन्द्र खत्री रहेका थिए । उहाँहरुले जिल्लामा साना साना भाईहरुलाई खेल्न सिकाएकाे सन्तोष कुमार केशीले बताउनु भयाे ।

यतिबेला सानाे १० रुपैयाँ पर्ने बिपियल प्लास्टिककाे बल हुन्थ्यो,त्याे धेरै जम्प गर्ने भए पछि बलमा माेजा हालेर खेल्ने गरेको केशीकाे भनाइ छ । त्यतिबेला सन्तोष कुमार केशी ,बिकास बहादुर राय,केन्द्र बिष्ट बेदबहादुर सिँह बबिन सिँह गजेन्द्र रावल स्वर्गीय प्रकाश बहादुर छत्याल ,सुरेन्द्र भण्डारी, उपेन्द्र भण्डारी लगायतले हालकाे मल्लकाे घर नजिकै खेल्ने गर्थे ।

त्यतिबेला श्री सुर्मादेवि क्रिकेट क्लव २०५५ तिर गठन गरिएको थियाे । त्यसको अध्यक्षमा कन्थे खड्का,केश राेकाया सहितको नेतृत्वमा समिति बनाएको थियाे । सुर्मादेवी क्रिकेट क्लवले कालाखालीलाई परानाे एर्पाेट भन्ने गरेका थिए । त्यसलाई खेलमैदानकाे रुपमा चिनिन थालियाे । त्यतिबेला कालाखाली खेलमैदानमा क्रेडिट खेलहरु खेलिन्थ्याे , त्यतिबेलै १५ वटा टुमामेन्ट आयाेजना गरिएको हाे ।

खेलाडीहरुकाे हाैसलाकाे लागि सुर्मादेवी क्लवले बझाङ जिल्लामा मात्र नभएर बाहिरी चिनाउन क्षेत्रीय बैतडी क्षेत्र नम्बर ६ क्षेत्रीयमा निरनराम जाेशीकाे अध्यक्षतामा २०६५ सालमा बझाङ क्रिकेट सँघ दार्ता गराएकाे हाे ।

सँघ दर्ता पछि बझाङ जिल्लामा प्रचारप्रसार भयाे खेलाडीमा क्रिकेट बारे जानकारी भयाे, त्यसपछि जाल्पादेवी क्रिकेट क्लवले लेदरकाे बलले देवलमा रहेको एर्पाेटमा ग्राउन्डमा हँसराज धामीकाे अध्यक्षतामा पहिलो बझाङ जिल्ला खुल्ला क्रिकेट टुनामेन्टकाे आयाेजना गरिएको हाे । सुर्मादेवि क्रिकेट सँगसँगै जाल्पादेवि र बझाङ क्रिकेट एकेडेमीले पनि जिल्लामा क्रिकेट खेलाडीहरु उत्पादनमा ठुलाे भुमिका खेल्याे त्यति बेला सावान स्मृति क्रिकेट कलव र बझाङ क्रिकेट एकेडेमी थियाे ।

बझाङ बाट क्रेकेटकाे पहिलो क्षेत्रीय टुनामेन्ट खेल्न २०६६ सालमा अन्डर नाईन्टिन खेलकालागी धनगढीकाे कवडहलमा सन्तोष कुमार केशीकाे कप्तानमा खेलाडीले क्रिकेट टुनामेन्ट खेली पहिलाे पटक दार्चुला हराउदै सेमिफाइनल प्रवेश गरेको थियाे । उतिबेला सबै घरबाट लिएर नै खेल्न सामना गर्नु पर्ने थियाे । यस्तो परिस्थितिमा उठेको क्रिकेटले अहिले बझाङमा मात्र नभएर देशमै उच्च स्थामा रहेको छ ।

प्रविधिको बड्दाे उद्य सँगै बिकसीत समाजमा पछिल्लो समय चर्चामा रहेकाे क्रिकेटले बझाङकाे अध्यक्षमा प्रविन्द्र धामी रहनु भएको छन । जसमा मुख्य प्रशिक्षक सुरेन्द्र बहादुर सिँह सहायक प्रशिक्षकमा सन्तोष कुमार केशी रहेका छन । अहिले बझाङ क्रिकेट सँघले, नेसनल देखि ईन्टरनेसनल सम्मका खेलाडीहरु उत्पादन गर्न सफल भएको छ । बझाङ जिल्ला क्रेकेट सँघले उत्पादन नेसनल देखि ईन्टर्नेसनमा आफ्नो छाप बसालेका छन । जसमा सम्झना खड्का अशाेक धामी र अनु कुमारी कठायत रहेका छन ।

यहीँ मिति २०८१ असाेज ३ गते बझाङ क्रिकेट सँघले बार्षिक साधारण सभा गरेको हाे । जसमा क्रेकेट सँघका अध्यक्ष प्रविन धामीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिका प्रमुख चेतराज वजाल रहनु भएको थियाे भने बिशिस्ट वडा नम्बर १० का वडा अध्यक्ष पुष्प बहादुर सिँह सहित खेलाडी पत्रकार सहितको उपस्थिति रहेकाे थियाे ।

बार्षिक साधारणसभा जिल्लामा खेलमैदान नहुदा खेलाडीलाई समयमा परेको र खेलाडी सँग प्रतिभा हुदा पनि खेलमैदानकाे अभावले खेलाडीहरुले प्रश्ट्र रुपमा खेल देखाउ सकिरहेको छैनन । बझाङ जिल्लामा खेलमैदानमा कराेडाै लगानि बालुवामा पानी जस्तैः भएको छ । जसले खेलाडीकाे भबिश्यमाथि खेलवाड हुने गरेको जानकारहरु बताउन्छन ।

खेल र खेलाडीमा राजनीति हस्तक्षेप हुने गरेका कारण पछिल्लाे समय उचित ठाउँमा खेलमैदान निर्माण नहुनु , खेल र खेलाडी मर्कामा परेका छन । जिल्ला बाट अझै सम्झना जस्तै खेलाडी उत्पादनमा कठिनाइकाे मुख्य कारण नै खेलमैदान नहुनु हाे । जिल्लामा बार्षिक साधारणसभामा सम्झना खड्का लाई नगरपालिका मेयर बजालले दाेसल्ला सहित प्रमाणपत्रले सम्मान गरेका हुन । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्दै यसमा सबैले लगानी गर्नुपर्ने देखिन्छ ।

जिल्लामा गतिलाे खेलमैदान नहुदा खेलाडीले समस्या भाेग्नुपरेकाे छ । नेताका आसेपासे र व्याक्तिका याेजानाले यस्ता खेलमैदान र समाजमा हुने बिकास पनि पछाडि परेको छ । विभिन्न जिल्लामा ठुला ठुला खेलमैदान निर्माण भएको समयमा बझाङ जिल्लामा भने गतिलाे खेलमैदान छैन ।।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज