आज हामिले नेपालमा संविधान दिवस मनाउदैछु । हामिले यहि अवसरमा नेपाल सरकार बाट सार्बजनिक बिदा समेत दिइएको छ। के संविधान लेखेकै भरमा कागजी पान्नाका धारा उपधारा हरु कै भरमा पुर्ण छ त ? मलाई त लाग्यो नेपालको सबै भन्दा उत्कृष्ट संविधान यो हो तर यो पुर्ण भने छैन किन कि कागजी खोस्टाले कुनै पनि लेखेका शब्दहरमा पुर्ण हुदैन।
मुलत हामिले बुझ्नु पर्ने कुरा आज दुई तिहाइको सरकार हुदा हुँदै पनि एउटा पनि दलित कोटा बाट मन्त्री भएका छैनन् र दिएका छैनन् । संविधान देशको मुल कानुन हो यसैमा टेकेर हरेक कार्यलयका निति कानुन निर्माण भएका छ्न । हामिले संविधानले दिएको अधिकार पनि मुठ्ठी भरका ब्यक्तिले पात्र अधिकार प्राप्त गरेको देखिन्छ ।अझै पनि देशका थुप्रै बर्ग समुदायहरुमा संविधानले दिएको अधिकार पनि प्राप्त गरेका छैनन् ।अझै पनि थुप्रै क्षेत्रमा सामन्ती र पहुँचको भरमा थुप्रै बर्ग समुदाय जात जाती भेषभुषाको अधिकार खोसिएको छ र देखिन्छ पनि अझै पनि आफ्नो अधिकारका लागि थुप्रै अधिकार कर्मीले अधिकारको आन्दोलन गरि रहेका छ्न किन कि संविधानमा पनि केही गलत हुन सक्छ त्यही माथी पाउनु पर्ने अधिकार पनि खोसिदा झन आन्दोलित भएका छ्न ।
त्यसैले मलाई लाग्छ यो संविधान लेखेकै भरमा पुर्ण छैन । नेपाल का थुप्रै पुर्ब बिशिस्ट ब्यक्तिहरुले पनि यो कुराको ब्याख्या गरेका छ्न ।जब सम्म आम नागरिकले लेखेको कानुनमा पाउने अधिकार प्राप्त गर्दैनन् तब सम्म यो संविधान पुर्ण हुन सक्दैन ।
आज संविधान मै टेकेर हिडेका पढेका लेखेका बिज्ञ ब्याक्ती संविधानविद न्यायाधीश लगाएतका कुरामा पनि थुप्रै मतभेद देखिदै आएको छ। त्यसैले संविधान पुर्ण हुन्थ्यो भने संविधान पढेका ब्याक्तीहरुका अभिव्यक्ति किन फरक फरक हुन्छ्न त यस्को एउटा मतलब के हो भने सत्ता शक्तिको भरमा एउटा न्याय कुरालाई पनि फरक मतभेदमा अर्कै तिर डाइभर्ड गरेको देखिन्छ्। त्यसैले म भन्छु यो संविधान उत्कृष्ट त छ तर सबै कुरा लेखेकै भरमा पुर्ण हुदैन त्यसको लागि लेखेका शब्द आम नागरिकमा जब सम्म लागू हुदैन तब सम्म यो संविधान पुर्ण हुदैन अझै थुप्रै वर्ग जात जाती समुदायका हक अधिकार छुटेका छन त्यस्लाइ पनि समेटेर पुर्ण बनाउन अनुरोध छ्। सम्पुर्णमा संविधान दिवसको शुभकामना 🙏

