Advertisement

Day: २०८१ आश्विन ३, बिहीबार ११:३८

” लेखिएकै भरमा संविधान पुर्ण हुदैन” – करन साउद

” लेखिएकै भरमा संविधान पुर्ण हुदैन” – करन साउद

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
आज हामिले नेपालमा संविधान दिवस मनाउदैछु । हामिले यहि अवसरमा नेपाल सरकार बाट सार्बजनिक बिदा समेत दिइएको छ। के संविधान लेखेकै भरमा कागजी पान्नाका धारा उपधारा हरु कै भरमा पुर्ण छ त ? मलाई त लाग्यो नेपालको सबै भन्दा उत्कृष्ट संविधान यो हो तर यो पुर्ण भने छैन किन कि कागजी खोस्टाले कुनै पनि लेखेका शब्दहरमा पुर्ण हुदैन। मुलत हामिले बुझ्नु पर्ने कुरा आज दुई तिहाइको सरकार हुदा हुँदै पनि एउटा पनि दलित कोटा बाट मन्त्री भएका छैनन् र दिएका छैनन् । संविधान देशको मुल कानुन हो यसैमा टेकेर हरेक कार्यलयका निति कानुन निर्माण भएका छ्न । हामिले संविधानले दिएको अधिकार पनि मुठ्ठी भरका ब्यक्तिले पात्र अधिकार प्राप्त गरेको देखिन्छ ।अझै पनि देशका थुप्रै बर्ग समुदायहरुमा संविधानले दिएको अधिकार पनि प्राप्त गरेका छैनन् ।अझै पनि थुप्रै क्षेत्रमा सामन्ती र पहुँचको भरमा थुप्रै बर्ग समुदाय जात जाती भेषभुषाको अधिकार खो...
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन, यस्तो छ कार्यतालिका

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन, यस्तो छ कार्यतालिका

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं: निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन आगामी मंसिर १६ गते आइतबारका लागि तय गरेको छ। आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यलाई समयबद्ध समावेश गरी कार्यतालिका स्वीकृत गरको हो। कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना यही असोज ९ गते प्रकाशन गरी असोज १० देखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गरिनेछ। असोज २० गते दल दर्ता स्वीकृत, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ। कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन तथा मतदानस्थल निर्धारण, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय...
कस्तो रहला आजको नेपालभरको मौसम

कस्तो रहला आजको नेपालभरको मौसम

ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा...
संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति पौडेल

संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति पौडेल

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।  उहाँले संविधान दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिनुभएको हो । राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताउनु भएको छ। यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज बिहान छुट्टा-छुट्टै वक्तव्य जारी गर्दै सभामुख, राष्ट्रिय सभाका अध्यक्ष समेतले देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिनु भएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज