Advertisement

सुदूरपश्चिमले ल्याउने भयो एकै वर्ष दुई बजेट

Advertisement

धनगढी —एकै वर्षको बजेट वक्तव्य दुई पटक प्रस्तुत गरेर नौलो अभ्यास गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने भएको छ । बजेटको तयारी पूरा भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । दुई महिनादेखि सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यतामा छ ।

प्रदेशसभा बैठकको कार्यक्रमअनुसार सोमबार सुरुमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यसअघि मन्त्री सुरेन्द्रबहादुर पालले गत असार १ मा प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी विधेयक फिर्ता लिनेछन् । त्यसपछि वर्तमान सरकारले तयार गरेको नयाँ बजेट टेबल गर्नेछन् । बजेट टेबल गरिसकेपछि मन्त्री थापाले चालु आर्थिक वर्ष ०८१/८२ का लागि बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।

‘यसअघि पेस भएको बजेट छलफलमै गएन । तसर्थ उक्त बजेट फिर्ता लिएर आर्थिक मामिलामन्त्रीले नयाँ बजेट वक्तव्य प्रस्तुत गर्नुहुनेछ,’ सचिव झलकराम अधिकारीले भने, ‘अघिल्लो सरकारले ल्याएकै अंकमा बजेट ल्याउन लागिएको छ ।’ यसअघि ३१ अर्ब ६२ करोडको बजेट पेस गरिएको थियो ।

नयाँ बजेट निर्माणका क्रममा चार वटा आधार तयार गरिएको मुख्यमन्त्री शाहले जनाए । २५ लाखभन्दा माथिका योजना राख्ने, आवश्यकता र औचित्यका आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भए कार्ययोजनासहित ससर्त अनुदानका रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरिएको मुख्यमन्त्री शाहको भनाइ छ ।

यसअघि दीर्घबहादुर सोडारी नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकारले असार १ मा प्रदेशसभामा प्रस्तुत गरेको बजेट छलफलमै जान नसकेर अलपत्र परेको थियो । सोडारी नेतृत्वको सरकार ढलेपछि साउन २१ मा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकार गठन भएको छ । यही सरकारले नयाँ बजेट ल्याउन लागेको हो ।

मुख्यमन्त्री शाहले चार वटा आधार तयार गरेर बजेटलाई पारदर्शी बनाउने बताए पनि विगतमा सांसदहरूलाई योजनाका लागि बजेट दिने कार्यक्रमलाई वर्तमान सरकारले घुमाउरो बाटोबाट समावेश गर्ने भएको छ । विगतमा जस्तो निर्वाचन क्षेत्र विकास कोष (सांसद कोष) नाम नदिए पनि प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबर रकम विनियोजन गरेर सरकारले योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । सरकारले सांसदहरूको सिफारिसका योजनाका लागि एक अर्ब ७० करोड विनियोजन गरेको जनाएको छ । ‘प्रभावशाली सांसदहरूका त त्योभन्दा बढी बजेटका योजना पनि समावेश भएका हुन सक्छन्,’ एक मन्त्रीले भने ।

चार महिनासम्म बजेट शून्यतामा रहेको सुदूरपश्चिममा बजेटका कारण चौतर्फी असर परेको सरोकारवाला बताउँछन् । विगतका वर्षमा असार १ मा बजेट आएर साउन १ देखि कार्यान्वयनमा जाने अवस्था थियो । तर यस वर्ष अहिलेसम्म सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प छन् । कर्मचारीहरूले तलब पाएका छैनन् भने प्रदेश सरकारका सम्पूर्ण कार्यालयका दैनिक प्रशासनिक कार्य पनि उधारोमा चलिरहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज