Advertisement

गोदावरी नगरपालिकाले प्लास्टिक प्रतिबन्धमा कडा गर्दै, थाल्यो अनुगमन

Advertisement

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले प्लास्टिकको प्रतिबन्धमा कडाइ गर्दै लगेको छ। गोदावरीले नगरपालिका क्षेत्रमा प्लास्टिकका झिल्ली, झोला तथा अन्य बस्तुहरू प्रयोग, बिक्री–वितरणमा कडाइ गर्दै लगेको हो।

प्लास्टिक जन्य बस्तुमा प्रतिबन्ध सम्बन्धी ऐन, २०८० लाई पूर्ण पालना गर्ने नगरपालिकाले बताएको छ। नगरपालिका क्षेत्रमा प्लास्टिक जन्य बस्तुको प्रयोगमा रोक लगाइएको सुरुमा एक महिनाको सूचना सार्वजनिक गरिएको थियो। दोस्रो पटक १५ दिनको सूचना सार्वजनिक गरिएको थियो। २०८१ भदौ १७ गतेबाट नियमित बजार अनुगमन थालिएको नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना कुमारी खड्काले बताइन्। उनले भनिन्, ‘हामीले तीन दिनदेखि नियमित बजार अनुगमन गर्दै आएका छौ। केही क्षेत्रमा मात्र प्लास्टिकका बस्तुहरू फेला परेका छन्। हामीले अहिले जफत गरेका छैनौ। सुरुमा एक महिना, दोस्रो पटक १५ दिनको सूचना जारी गरेका थियौ। सूचनाका आधारमा समेत व्यापारीहरूले प्लास्टिकका बस्तुहरू प्रयोग गर्न छोड्नु भएको देखियो। अहिले अनुगमन गरेर सम्झाउने काम गर्दै छौ।’

कैलालीको गोदावरी नगरपालिकाले दुई समूहमा बजारको अनुगमन गर्दै आएको छ। प्लास्टिकका बस्तुहरू प्रयोग भए–नभएको र व्यापारिक फर्महरू दर्ता भए–नभएको उनीहरूले अनुगमनका क्रममा हेर्ने गरेका हुन्।

आगामी दिनमा पनि निरन्तर रूपमा बजार अनुगमन गर्ने तर्क नगरपालिकाको रहेको छ। प्रतिबन्धीत प्लास्टिकका बस्तुहरू फेला परेमा जफत गर्ने र प्रयोग गर्नेलाई कारबाहीसमेत गर्ने तयारी गरिएको हो। नगरपालिकाको समूहले ४० माइक्रोन भन्दा कमका झोलाहरू, डिस्पोजेबल वस्तुहरू जस्तै कप, थाल, गिलास, कचौरा, चम्चा, आदि, रेस्टुरेन्ट, होटेलहरूमा खानाको प्याकिङका लागि प्रयोग गरिने प्लास्टिकका सामानहरू लगाएतमा प्रतिबन्ध लगाइएको छ। नगरपालिकाले प्लास्टिकको ठाउँमा कपडा तथा अन्य बस्तुको प्रयोग गर्न भनेको छ। ठुला प्लास्टिकका व्यापारीहरूलाई समेत नगरपालिकाले सोही सुझाव दिएको खड्काले बताइन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज