Advertisement

बझाङमा ७७ बर्षिया कृषक सहित १० जना कृषकहरु सम्मानित

Advertisement

बझाङमा ७७ बर्षिया कृषक सहित १० जना कृषकहरु सम्मानित भएको छन ।

उत्कृष्ट कृषकहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा जिल्लाकाे सदरमुकाम चैनपुरमा १० जनालाई सम्मान गरिएको हाे ।

कृषि ज्ञानकेन्द्र बझाङले उत्कृष्ट कृषकहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेको थियाे । जिल्लामा आफ्नै लगानी तथा कृषि ज्ञानकेन्द्रकाे सहयाेगमा राम्रो काम गरिरहेका कृषकहरुलाई प्रमाणपत्र खादा सहिन नगद पुरस्कार हस्तान्तरण गरिएको हाे ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे सभाहलमा सञ्चालन भएको कार्यक्रममा कृषि ज्ञानकेन्द्र प्रमुख टेक बहादुर बिष्टकाे अध्यक्षतामा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्ट प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेल विशिष्ट अतिथि पशु सवा केन्द्र बझाङ प्रमुख विनाेद कठायत विशिष्ट अतिथि सहित पत्रकार कृषकहरुकाे उपस्थिति रहेको थियाे ।

दश जना कृषकलाई वितरण गरिएको पुरस्कारमा ७७ बर्षिया बृद्ध कृषक पनि हुनुहुन्थ्यो उहाँलाई आफू यसरी सम्मानित हुदा अझै खुसि लागेको र आफू ७७ बर्षकाे नभएको महसुस गरेको दुर्गाथली गाउँपालीका वडा नम्बर ३ का धने राेकायाकाे भनाइ थियाे ।

सम्मानित हुने कृषकहरुमा धनलक्ष्मी जाेशी,रामबहादुर सिँह ,गाेपिलाल बिष्ट ,ग्रीस बाेहरा ,जयबहादुर बाेहरा,धने राेकाया,हर्कबहादुर सिँह ,महेश धामी धनबहादुर अधिकारी ,पुर्णप्रशाद उपाध्याय रहेका छन ।

सम्मानित हुने कृषकहरु भने कुनै सरकार बाट ठुलाे अनुदान नपाएका तर कृषि ज्ञानकेन्द्र सहित आफ्नो व्याक्तिगत लगानीमा काम गरिरहेका कृषकहरु परेका छन । यता कृषि ज्ञानकेन्द्र प्रमुख टेकबहादुर बिष्टले भने, हाम्राे लाई हैन राम्रो लाई अगाडि बढाउने आफ्नो चाहाना भएको र जिल्लामा केही गरेरै देखाउने उनकाे भनाइ छ । सम्मानित कृषकहरुलाई जनहि दस दस हजार पुरस्कार सहित खादामाला र प्रमाणपत्रले सम्मान गरिएको थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज