माेवाईल व्यावसायी महासँघ बझाङले फलफूल वितरण गरेको छ ।
आज बझाङ जिल्लामा रहेको माेवाईल व्यावसायी महासँघले फलफूल वितरण गरेको हाे । सदरमुकाम चैनपुर स्थिति रहेकाे जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई आफ्नो स्थापना दिवसको अवसरमा फलफूल वितरण गर्ने निर्णय सँगै आज कार्यक्रम गरिएको माेवाईल व्यावसायी महासँघ सुदुरपश्चिम प्रदेश कमिटी प्रदेस सदस्य दिपेश वि सीले बताउनु भयाे ।

जिल्लामा रहेका माेवाईल व्यावसायिकहरुकाे सँगठन अर्थात हितका लागि बाेल्ने र दुखि गरिव असहायहरुकाे साहारा बन्ने हेतुलेमाेवाईल व्यावसायी महासँघ बझाङ गठन भएको महासचिव शिवराज उपाध्यायले बताए ।

माेवाईल व्यावसायी महासँघकाे तेस्राे स्थापना दिवस भएता पनि बझाङकाे भने याे पहिलो स्थापना दिवस हाे । जिल्ला अस्पतालमा माेवाईल व्यावसायी महासँघ जिल्ला अध्यक्ष जनक धामीकाे अध्यक्षतामा करिव ३० जना बढी विरामीहरुलाइ फलफूल वितरण गरिएको हाे ।

कार्यक्रममा माेवाईल व्यावसायी महासँघ बझाङका अध्यक्ष जनक धामी,महासचिव शिवराज उपाध्याय ,प्रदेश सदस्य दिपेश वि सी ,प्रदेश सदस्य दिपक जार्गी लगायत सबै ब्यावसायीहरुकाे उपस्थिति रहेको थियाे । भने माेवाईल व्यावसायिकहरुले आगामी दिनमा यस्ता कार्यक्रम गर्दै अगाडि बढ्ने र पछाडिएका गरिव असहायहरुकाे साहारा बन्ने अध्यक्ष जनक धामीले बताउनु भयाे ।


