Advertisement

ररास्ट्रपतिका छोरा जर्मनको जङ्गलमा नाङै फेला

Advertisement

अन्तर्राष्ट्रिय श्रम संगठनको ११२ औं अधिवेशनमा भाग लिन जेठ ३० गते स्विट्जरल्याण्ड पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल असार १ गतेदेखि त्यताबाटै जर्मनीको औपचारिक भ्रमणमा जानुभयो । राष्ट्रप्रमुखको हैसियतमा सन् १९८६ मा राजा वीरेन्द्रले गरेको जर्मन भ्रमणपछि राष्ट्रपति पौडेल ३८ वर्षपछि त्यहाँ पुग्नुभएको हो । त्यहाँको बसाई, भेटघाट र खानपान सबै राम्रा भए । तर, भ्रमणका सम्पूर्ण तालिकालाई बिर्साउने गरी उहाँ फर्किने दिन बर्लिन विमानस्थलमा छोरा चिन्तन पौडेलले देखाएको अस्वाभाविक गतिविधि देखेर नेपाली त लज्जित भए नै, जर्मन सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पनि जिब्रो टोक्ने अवस्थामा पुगे ।

राति राजदूत रामकाजी खड्काको निवासमै बसेका राष्ट्रपतिपुत्र चिन्तनले त्यहाँ राति के खाए वा के–के भयो भन्ने कुरा त अहिलेसम्म बाहिर आएको छैन । तर, अघिल्लो दिनसम्म राम्रो व्यवहार, बोलिसहित पेश भएका उनी बुबा रामचन्द्रसहित फर्किनुपर्नेमा शरीरका कपडा, मोबाइल, पर्स र विभिन्न कार्डहरू फ्याँक्दै अर्धचेतस्थितिको व्यवहारमा उत्रिए । बर्लिनको जंगलमा पुगेर नांगै उफ्रिए । बुबाकै राजकीय भ्रमण टोलीको सदस्यका रूपमा गएका उनी फर्किनुअघि यसरी पेश हुँदा प्रहरीको फन्दामा परे र अस्पतालमा भर्ना गराइए ।

राष्ट्रपति स्वदेश फर्किनुअघि उहाँको सम्मानार्थ दूतावासले आयोजना गरेको खानपिनकै क्रममा केही अस्वभाविक रूपमा प्रस्तुत भइरहेका थिए । नेपाल फर्किने टोलीसँगै विमानस्थलका लागि निस्किए । अरु जहाज चढे, उनीचाहिँ विमानस्थलमै हराए । यसपछि उनको खोजीमा राजदूत रामकाजी, उनकी बहिनी अवज्ञा, राजदूत पत्नी र खानपिनको व्यवस्थापन गर्ने रेष्टुरेण्ट व्यवसायी दिल गुरुङसम्मले पाउनुसम्मको दुःख पाए । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज