Advertisement

खडेरीले धनगढीमा पानीको हाहाकार, ट्याङ्करमा बोकेर आपूर्ति गरिदै

Advertisement

धनगढी उपमहानगरपालिका–१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयको नल्कामा पानी सुक्यो। विद्यार्थी र शिक्षकहरूलाई खान र शौचालयमा प्रयोग गर्न समस्या भयो। विद्यालयमा तीन सय ८० फिट गहिरो गाडिएका नल्कामा पानी सुकेको हो। विद्यालयमा खानेपानीको नल्का सुकेपछि विद्यार्थीहरूले घरबाट बोतलमा पानी बोकेर आउने गरेका छन्।

विद्यालयको शौचालयमा प्रयोगका लागि धनगढी उपमहानगरपालिकाले ट्याङ्करमा पानी पुर्‍याएको छ। खडेरीका कारण विद्यालयमा पानीको हाहाकार भएको हो। सिद्धनाथ माध्यामिक विद्यालयमा कक्षा १० कि विद्यार्थी माया थापाले सबै विद्यार्थीहरूले घरबाट खानेपानी बोतलमा ल्याउने गरेको बताइन। उनले भनिन्, ‘विद्यालयमा पानी छैन। अस्तिसम्म राम्रो थियो। अचेल पानी छैन। विद्यार्थीहरू बाहिरबाटै ल्याउनु हुन्छ। नल्काको पानी सुकेको हो।’ अर्का विद्यार्थी पवन रावतले नगरपालिकाले ट्याङ्करबाट ढुवानी गरेको पानी शौचालयमा प्रयोग गर्दै आएको बताए। उनले भने, ‘विस्तारै–विस्तारै पानी सुकेको हो। हामीले घरबाट पानी ल्याउदै आएका छौ। मैले पनि घरबाट पानी ल्याएको हो। झोलामा बोतल छ।’

विद्यालयमा खानेपानीको स्रोत सुकेपछि ६ सय विद्यार्थी समस्यामा परेका छन्। धनगढी–१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयसँगै अन्य क्षेत्रका नल्कामा पनि पानी सुकेको छ। नेपाल खानेपानी संस्थानले जुगेडामा रहेको ट्याङ्कीबाट पानी वितरण सुरु नभएको र नल्कामा पानी सुकेपछि नागरिक समस्यामा परेका छन्। खडेरीका गाडिएका नल्कामा पानी सुकेको छ। भूमिगत पानीको सतह घट्दै गएपछि अधिकांश हातेपम्प सुकेका हुन्। एक स्थानीय महिलाले भनिन्, ‘सबैका नल्का सुकेका छन्। हाम्रो गहिरो भएर मात्र पानी आउछ। टोलका सबै जना हाम्रो नल्काको पानी खान्छन्। पहिलाको जस्तो मोटरमा हाम्रो नल्काबाट पनि पानी आउदैन्।’ उनले खानेपानी संस्थानको पानी घरमा वितरण गरिएको भएपनि फिल्टर नभएको बताइन्। उनले भनिन, ‘पानीको समस्या सबैलाई छ। धान रोपेका छैनौ। मान्छेलाई खान गाह्रो भयो, धान रोप्न त पाएकै छैनौ।’

जमिन मुनि पानीको सतह घट्दै गएपछि धनगढीको जुगेडा, बेला, बडहेरा, सन्तोषीटोल, शान्तिटोल, मनेहरालगायतका स्थानमा खानेपानी अभाव भएको हो। वर्षभरि पानी आउने धारा, नल्का (चापाकल), बोरिङलगायतमा कहीँ पानी आएको छैन। पहिले ५०–६० फिटमै पानी आउनेमा अचेल २ सय फिटसम्म नल्का गाड्दा पनि पानी आएको छैन। कम वर्षा, वन फँडानी, पानीको जथाभाबी दोहन र चुरे फेदीमा बढेको तीव्र बस्ती विकासले जमिनमा पानीको सञ्चय घट्दै गएको छ। धनगढी–१२ जुगेडाको सिद्धनाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीले उपमहानगरपालिकाले ट्याङ्कीमा आपूर्ति गरेको पानीले विद्यार्थी तथा शिक्षकहरूले शौचालयमा प्रयोग गर्दै आएका बताए। उनले भने, ‘अत्यधिक गर्मीका कारण पानीको सतह घटेको छ। प्राविधिक पनि बोलाएको हुँ। तर, सतह घटेकाले मर्मत भएन। उपमहानगरपालिकाले ट्याङ्करमा पानी ल्याएको छ। त्यो पानी माथि विद्यालयको ट्याङ्कीमा पठाएका छौ। यो तत्कालका लागि हो। दीर्घकालीन समाधान होइन। उपमहानगरपालिकाले दीर्घकालीन समाधान खोज्नुपर्छ।’ शाहीले सिद्धार्थ नगर क्षेत्रका धेरै घरहरूका नल्कामा पानी सुकेको बताए। उनले जुगेडा क्षेत्रमा पानीको हाहाकार भएको बताएका छन्।

यता, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले भूमिगत पानीको स्रोत बचाउनका लागि प्राकृतिक ताल, पोखरी, वन क्षेत्रको संरक्षण र वृक्षरोपण गर्न आवश्यक रहेको बताए। उनले नागरिकलेसमेत उक्त काममा सहयोग गर्नुपर्ने बताएका छन्। उनले भने, ‘धनगढीको सिद्धार्थ माविमा पानीको हाहाकार भएको छ। जुगेडा क्षेत्रका नागरिकका घरहरूका नल्कामा पनि पानी आउन छोडेको छ। खडेरीका कारण यस्तो भएको हो। पानीको पुनर्भरण कम भएकाले भूमिगत पानीको सतह घट्दै गएको छ। भूमिगत पानीको स्रोत बचाउन हामीले ताल, पोखरीको संरक्षण, नदी–नालाहरूको संरक्षण र वृक्षरोपणका कार्यक्रम गर्दै आएका छौ। नागरिकले पनि सहयोग गर्न जरुरी छ।’

चुरे तथा भावर क्षेत्रमा नदीजन्य पदार्थको बढ्दो दोहन, वन फँडानी र प्राकृतिक तालको अतिक्रमणले पानीको पुनर्भरण हुन नपाएर पानीको सतह नै घट्दै गएको पाइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज