Advertisement

पहिलो पटक चुनावी मैदानमा राष्ट्रिय मातृभूमि पार्टि, बझाङ उपचुनावका उम्मेदवार थापाको यस्तो छ पृष्ठभूमि

Advertisement

बझाङ : नेपाली जनताले बैकल्पिक राजनीतिक शक्तिको खोेजी गरिरहेको बेला नेपाली राजनीतिलाई तरंगित बनाउँदै नयाँ बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदय भएको राष्ट्रिय मातृभूमि पार्टि पहिलो पटक चुनावी मैदानमा उत्रिएको छ । निर्वाचन आयोगमा दर्ता भएका नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टी बीच एकीकरण भई मिति २०८०÷११÷२३ गते ‘राष्ट्रिय मातृभूमि’ पार्टीको स्थापना भएको थियो

नव निर्मित राष्ट्रिय मातृभूमि पार्टीले राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादलाई आफ्नो मार्ग निर्देशक सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टीका उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार पार्टीले राष्ट्रिय अखण्डताको संरक्षण एवं सम्वद्र्धन, जनता नै जनार्दन, भ्रष्टाचारमा शुन्यसहनशीलताको नीति लिएको छ ।

नेपालको स्वतन्त्रता, सार्वभोमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई सवल र सुद्रढ बनाउँदै मानव र अध्यात्मिकताको आदर्शको अवलम्वनका साथ मौलिक संस्कृति, नेपाली समाजको उत्तरोत्तर संवद्र्धन, विकास र उन्नयनको श्रीबृद्धि गर्दै नागरिकलाई जन्मजन्मान्तरसम्म स्वास्थ्य, खुशी र सुखी बनाउने पार्टीको सिद्धान्त नेपालबाद रहेको उपमहासचिव भट्टले बताउनुभयो । राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र, उन्नतशिल, समृद्ध एवं समन्यायिक बनाउने र सार्वभौमिकता, समानता एवं पञ्चशीलका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्वमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने पार्टीको उद्देश्य रहेको बताइएको छ ।

बझाङ उपनिर्वाचनका उम्मेदवार गजेन्द्र थापा को हुन् ?

वि.सं.२०३० साल जेठ ४ गते बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर २ लामातोलामा जन्मनु भएका गजेन्द्र बहादुर थापा कानुन व्यवसायी हुनुहुन्छ । उहाँले प्राथामिक शिक्षा लामातोला माविबाट कक्षा ७ सम्म, खप्तड मावि कालुखेती एस.एल.सी, डोटी बहुमुखी क्याम्पस, सिलगढीबाट प्रविणता प्रमाणपत्र तह, नेपाल ल क्याम्पस काठमाडौंबाट कानुनमा स्नातक र पाटन संयुक्त क्याम्पस,ललितपुरबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

वि.सं.२०५२ सालदेखि बझाङी राजा एवं मानवतावादी दर्शनका प्रतिपादक जयपृथ्वी बहादुर सिंहको दर्शनको प्रचारप्रसार अभियान्ता रहनुभएकाथापा वि.सं. २०५४ सालमा स्थानिय चुनावबाट लामातोला गाविसको वडा सदस्य निर्वाचित भएर काम गर्नुभयो । वि.सं.२०५५ सालमा सामाजिक विकास समुह मार्फत स्थानिय जनप्रतिनिधिको नेतृत्व क्षमता विकासमा काम गर्नुभयो । वि.सं.२०६० मा माओवादी द्धन्द्धबाट विस्थापित भएपनि समुदायको सुविधा र कल्याणको लागि पाटिपौवा, चौतारा, धार्मिक मठमन्दिर निमार्णमा सहयोग, स्थानिय हाटबजारको सुरुवात, स्थानिय समस्या समाधान तथा जाँगरणको लागि सांस्कृतिक कार्यक्रम, देउडा गित मार्फत सचेतना कार्यक्रम गर्नुभयो ।
वि.सं.२०६० देखि २०६४ सम्म समग्र सुदूरपश्चिम क्षेत्रको आमूल रुपान्तरणको लागि सुदूरपश्चिम हकहित संरक्षण मञ्च र पश्चिम नेपाल स्वायत्त परिषदमा रहेर काम गर्दै बझाङी समाज काठमाडौंको सहसचिव बन्नुभयो ।

वि.सं.२०६३ मा सभापति भई बझाङको भुवाभस्सो खेलको काठमाडौंमा सुरुवात गरी बझाङीहरु बिच आपसी एकता, सद्भाव र भातृत्व विकासमा सक्रिय रहेर २०६४ सालमा संविधान सभाको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ को उम्मेदवार बन्नुभयो । यस्तै वि.सं.२०७२ सालमा देशभरिका कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसियनमा महाचिव बन्नुभएकोमा वि.सं.२०७५ सालमा अध्यक्ष पदमा प्रत्यासि रहनुभएको थियो ।

थापाको उम्मेदवारी किन ?

राजनितिमा कुनै पनि प्रकारको व्यक्तिगत स्वार्थ नराखी बझाङी जनता र जिल्लाको उज्यालो भविष्य र सुरक्षाको एकमात्र लक्ष्य हृदयमा राखेर आफ्नो उम्मेदवारी रहेको थापाको भनाई छ । उहाँले आफु बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को उपनिर्वाचनमा निर्वाचित भएपछि राज्यबाट प्राप्त हुने पारिश्रमिक र सुविधा पनि नलिएर जनताको कल्याणको लागि कोष खडा गर्ने बताउनुभएकोे छ ।
थप एजेन्डाहरु……
बझाङ्गी–बझाङ्गी बिचको कुराजनीतिक संस्कारले मानव मानव बिचको छुवाछुत, भेद्भाव, दमन, अन्याय, अत्याचार र शोषणको गहिरो खाल्डोलाई मानवतावादको दर्शनले पुर्ने जिम्मेवारी लिने ।
बझाङको आर्थिक समृद्धिको आधारशीलाको रूपमा रहेको भाँगोखेतीलाई वैधता दिन पहल कदमी लिने ।
जिल्लामा रहेका हिमालीचुचुराहरू, तालकुण्डहरू, प्रमुख धार्मिक–सांस्कृतिक स्थलहरू, नदीनाला झरनाहरूको संरक्षण, संवर्द्धन र प्रचार प्रसारद्वारा जिल्लालाई विशेष पर्यटकीय क्षेत्रको रूपमा विकास गरी जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी जनताको रोजगारी, उत्पादन, विनिमय, आयआर्जन र जीवनस्तर अभिवृद्धिको अनुपम विकासको मोडेल कार्यान्वयनमा ल्याउन पहलकदमी लिने ।
बझाङ जोड्ने हवाई उडानलाई नियमित, भरपर्दो र व्यवस्थित बनाई चैनपुर – ताक्लाकोट व्यापारिक नाकालाई नियमित रूपमा संचालनमा ल्याई ताक्लाकोट–मानसरोवर तीर्थाटनको प्रवर्द्धन गर्ने ।
स्थानीय कृषि उत्पादनलाई दैनिक बजारीकरणमा सहजीकरण गर्न ग्रामीण बस्ती बस्ती बिच कम्तीमा दुई पांग्रे सवारी साधन संचालनकालागि उपयुक्त सडक सुनिश्चित गर्ने । एक गा.पा. एक प्राविधिक विद्यालय स्थापना गर्दै प्राथमिक तहमा स्थानीय मातृभाषामा पठनपाठन गराउने तथा स्थानीय भाषा, संस्कृति, सभ्यता, संस्कार, रीतिरिवाज र धरोहरको जगेर्ना गर्ने ।
स्थानीय भौतिक पूर्वाधार, कृषि, उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, खानेपानीको विकास गर्ने । कमजोर आर्थिक, सामाजिक अवस्था र पिछडिएका वर्ग समुदायमा समान अवसर र पहुँच पुर्‍याउन जनताले महसुस गर्ने गरी राज्यसंयन्त्रसँग समन्वय, संलग्नता र सहायताको लागि निरन्तर पहल गर्ने ।
भूक्षय, बाढीपहिरो, डढेलो आदि नियन्त्रण गर्न वातावरण तथा पर्यावरण संरक्षणमा जोड दिने । खनिज, जल, जमिन, जंगल, जीवजन्तु, जडीबुटी र जनशक्तिको पहिचान गरी तिनलाई रोजगारी र आयआर्जनसँग जोडी स्थानीय अर्थतन्त्रको रूपान्तरण गर्ने ।
प्राकृतिक तथा दैवी प्रकोपको जोखिममा रहेका मानवबस्तीको पहिचान गरी एकीकृत, सुव्यवस्थित तथा सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरी मानवीय विकास र कल्याणमा टेवा पुयाउने ।
आध्यात्मिकता र मानवतावादको विकास गर्न आवश्यक पहल गरी स्थानीय स्तरमा हुने गरेका झगडा, वादविवादको निरूपण गर्न निःशल्क कानूनी परामर्श तथा मध्यस्थता सेवाको सहजीकरण गर्ने ।
यसैबिच आफुले बझाङी जनताको सुख दुखमा साथ दिदै पार्टिको सिद्धान्तलाई निष्ठा र दृढताका साथ पालना गरेर अघि बढ्ने संकल्प गरेको र यही दृढ संकल्पका साथ यहिँ वैशाख १५ मा हुने बझाङ प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज