बझाङ : एमाले निकट बझाङ काठमाडौ सम्पर्क मञ्चले बझाङमा हुने उपनिर्वाचनका लागि मतदाता काठमाडौ बाट बझाङ पठाएको छ । बैसाख १५ गते हुने उपनिर्वाचनको लागि सो मतदाता काठमाडौ बाट पठाएको हो । आज मात्रै सो समितिद्वारा काठमाडौ बाट बझाङमा १०० मतदाता पठाएको छ ।

विभिन्न पेशा व्यवसायको शिलशिलामा काठमाडौ भएका मतदातालाई सो मञ्चले ८ र ९ गते पुन बझाङ पठाउने सो मञ्चका उपाध्यक्ष डा.विकास बोहराले बताउनु भयो ।


