Advertisement

चट्याङबाट बच्न के गर्ने, के नगर्ने ?

Advertisement

‘प्रि–मनसुन’ को यो बेला चट्याङ धेरै पर्छ । केही दिनदेखि लगातार चट्याङ पर्दै आएको छ । नेपालको सबैभन्दा खतरनाक प्राकृतिक प्रकोपमध्ये एक चट्याङ पनि हो । पछिल्लो दुई हप्तामा मात्रै चट्याङ लागेर तीन जनाको ज्यान गएको छ ।

गएको वैशाख महिनापछि मात्रै चट्याङ लागेर एक सय २७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार ११ महिनामा चट्याङ लागेर चार सय ५१ जना घाइते भएका छन् । चट्याङ लागेर बर्सेनि ठूलो सङ्ख्यामा घरपालुवा पशुचौपायासमेत मर्ने गरेका छन् ।

चट्याङ विशेषगरी प्रि–मनसुन अर्थात् चैत, वैशाख र जेठ महिनामा धेरै पर्छ । अर्थात् अबको झन्डै तीन महिना चट्याङको जोखिम धेरै हुने समय हो ।

चट्याङबाट बच्न के गर्ने, के नगर्ने ?

वरिष्ठ मौसमविद् विभूति पोखरेलको सुझाव यस्तो छ :–

घरबाहिर भएको अवस्थामा चट्याङ परेमा सकेसम्म आश्रय खोज्नुपर्छ । यदि उचित आश्रय फेला नपरेको अवस्थामा वरपरको सबैभन्दा अग्लो वस्तुको नजिक जान हुँदैन । खुला मैदान, पहाडको टुप्पो, अग्ला रुख र बिजुली लाइन वा पोलहरूबाट सकेसम्म टाढा बस्नुपर्छ । कुनै पनि विकल्प नभएको अवस्थामा दुवै खुट्टा जोडी टाउको घुँडाको बीचमा राखेर भुइँमा झुक्नुपर्छ । खुट्टाको बलले जमिनसँगको सम्पर्क कम गर्नुपर्छ । भुइँमा सुत्न हुँदैन ।

घरभित्र भएको अवस्थामा बिजुलीका उपकरणहरू जस्तै– टीभी, टेलिफोन, माइक्रोवेभ ओभन, वासिङ मेशिन लगायतबाट टाढा बस्नुपर्छ । घरभित्र रहेको पानीको धारा, बिजुलीको तार र धातुको पाइपबाट पनि बिजुली प्रवाह हुन सक्ने भएकाले यी कुराहरूबाट पनि टाढा बस्नुपर्छ । यस्तै धातुको झ्याल ढोका तथा कहिलेकाहीँ घरको भित्ता र भुइँबाट पनि बिजुली प्रवाह हुने भएकाले धातु वा भुइँ छुनु हुँदैन । खाट, टेबुल, वा कुर्सीमाथि बस्नुपर्छ ।

चट्याङ परिरहेका बेला पार्क, ताल, पोखरी, खेल मैदान, खोला किनार, खेतबारी जोखिमपूर्ण क्षेत्र भएकाले ती ठाउँमा जान हुँदैन । चट्याङ परिरहेको बेला घरबाहिर निस्कनु हुँदैन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज