Advertisement

बन्द भयो चर्चित फेसबुक पेज “रुटिन अफ नेपाल बन्द”, के थियो रुटिन अफ नेपाल बन्दको पुर्ण इतिहाँस ?

Advertisement

४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ ।

पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन।… बाँकि कुरा पछि गरौला!’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि उनले पेज बन्द गरेको आँकलन गरिएको छ । पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो। फेसवुक पेज बन्द गरेपनी किन र के कारणले फेसबुक पेज बन्द गरेको पाठकलाई भने कुनै जानकारी छैन !

कसरी सुरु भएको थियो ‘रुटिन अफ नेपाल बन्द’ ?

बुबा रामप्रकाश पौडेल प्रहरीको जागिरे । घर बागलुङ बलेवा भए पनि जता सरुवा भयो, त्यतै परिवारको अस्थायी बसाइसराइ हुन्थ्यो । यहि शिलशिलामा पाल्पामा पोस्टिङ हुँदा भिक्टर त्यहीँ जन्मिए ।

कक्षा ५ सम्म उनको पढाई हरेक वर्ष फरक फरक स्कूलमा भयो । माओवादी सशस्त्र युद्धमा प्युठान छँदा बुबाको खुट्टामा गोली लाग्यो । उपचारका लागि काठमाडौं लगियो । परिवार भने बागलुङ फर्कियो । त्यतिखेर भिक्टर १ कक्षामा पढ्थे ।

उपचारपछि बुबा रामप्रकाशको पोस्टिङ बाजुरा भयो । तर परिवारलाई बाजुरा पोस्टिङ कुनै नियमित र स्वभाविक प्रक्रिया लागेन । तत्कालीन समयमा गृहमन्त्री गोविन्दराज जोशी थिए ।

प्युठानमा काँग्रेसको निकै गुण्डागर्दी चल्थ्यो । त्यसलाई रामप्रकाशले साथ दिएनन् र गुण्डागर्दीप्रति कडा रुपमै प्रस्तुत भए । संभवतः उनको यही व्यवहार देखेर हुनुपर्छ तत्कालीन माओवादीले उनलाई राम्रो नजरले हेर्न थाले ।

युद्धको क्रममा गोली लागेर घाइते हुँदा कब्जामा लिएर सुरुवाती उपचार माओवादीले नै गरे । अनि बिनासर्त रिहा गरिदिए

माओवादीले युद्धको क्रममा रामप्रकाशप्रति देखाएको नरम व्यवहार तत्कालीन सत्तासीन काँग्रेसलाई भने पचेको थिएन । सायद त्यसैको परिणाम हुनुपर्छ उनको बाजुरा पोस्टिङ । बुबाको बाजुरा पोस्टिङपछि भने भिक्टर आमासँगै बागलुङ फर्किए ।

प्रहरीको परिवार भएका कारण युद्धकालीन समयमा प्रायः एक किसिमको तनाव परिवारमा छाइरहन्थ्यो । सानो छँदा गाविस कार्यालयहरुमा माओवादीले आगजनी गर्दा रातारात गाउँ छोडेर भाग्नुपरेको सम्झना भिक्टरको मनमा ताजै छ ।

इन्स्पेक्टरबाट डीएसपी हुने बेला बुबा रिटायर भए । त्यसपछि भने स्थायी बसोबास नै काठमाडौं बन्यो ।

एसएलसी सकेर प्लस टू ज्वाइन हुन भिक्टर ब्रिज कोर्षको तयारीमा थिए । त्यतिखेर देशमा गणतन्त्र आइसकेको थियो । बन्द गर्दैनौं भनेर घोषणापत्र निकालेका राजनीतिक पार्टीहरु एकपछि अर्को नेपाल बन्दको होडमा थिए ।

उज्वल थापा लगायतले नेपाल बन्दको विरोधमा विभिन्न कार्यक्रम र प्रदर्शनको आयोजना गरिरहन्थे । बन्दलाई व्यंग्य गर्न र बन्द बिरोधी अभियानलाई साथ दिने मनसाय अनुरुप भिक्टरले २०६८ सालताका फेसबुकमा रुटिन अफ नेपाल बन्द नामक पेज सुरु गरे ।

भिक्टरले एकल रुपमा सुरु गरेको पेजमा दिनमा ४/५ वटा हाइलाइट पोस्टहरु हुनेगर्थे । बन्दको विरोध गर्दै त्यसकै जानकारी दिने पेज छोटो समयमा धेरैले मन पराए ।

फलोअरहरुले नै फोटो तथा जानकारी म्यासेज गरेर पठाउन थाले । यसरी चोक चोकको फोटो पेजमा पोस्ट हुँदा बन्दको वास्तविक प्रभाव कति छ भन्ने कुरा मानिसहरुले तत्कालै थाहा पाउँथे । अर्कोतर्फ देशमा १७/१८ घण्टा लोडशेडिङ भइरहेको हुन्थ्यो । त्यसको जानकारी पनि पेजबाटै दिन थाले ।

बन्दको विषयलाई लिएर मुलधारकै सञ्चार माध्यम दुविधामा देखिन्थे । बन्दको समाचार लेख्दा बन्दलाई सफल बनाउन सहयोग पुगिरहेको हुन्थ्यो । नलेख्दा घरबाहिर निस्किएका सर्वसाधारणले बन्दका कारण दुःख पाउँथे ।

पेजको नाम नै रुटिन अफ नेपाल बन्द भएका कारण यो दुविधा भिक्टरलाई अझ बढी हुने गर्थ्यो । पेजको नामअनुरुप कतै बन्द छ कि छैन भन्ने कुराको जानकारीको अपेक्षा पनि जायज नै थियो ।

भिक्टरका लागि बन्दको आधिकारिक सूचनाको स्रोत बन्दकर्ता नभएर प्रहरी हुने गर्थे । प्रहरीको आँकलन जे हुथ्यो, त्यसैअनुरुप रुटिन अफ नेपाल बन्दमा बन्द पोस्ट हुन थाले ।

बन्दलाई सहयोग नपुगोस् भनेरै भोलिपल्ट कसैले बन्दको घोषणा गरेको छ भने पनि पोस्ट गर्न हतार गरेनन् । प्रहरीसँगको परामर्शमा बन्दले कत्तिको प्रभाव पार्न सक्छ भन्ने कुराको जानकारी बिहान ६ बजेको पोस्टमार्फत दिन्थे ।

त्यसका लागि बिहान पाँच बजे नै उठेर अनेक स्रोतबाट विभिन्न ठाउँको तोडफोड, आगजनी, बाटो अवरुद्ध भएको छ कि छैन लगायतको जानकारी बटुल्थे ।

त्यसो त तत्कालीन समयमा बन्द नेपालीहरुका लागि एउटा नियति बनिसकेको थियो । बन्द गराउँदै हिँड्ने शक्ति प्रायः उनै हुन्थे । जसले गर्दा बन्दले कत्तिको प्रभाव छोड्छ भन्ने कुराको अन्दाज गर्न त्यति मुस्किल थिएन ।

तर पनि सकेसम्म बन्दलाई असफल बनाउने उद्देश्यका साथ नै रुटिन अफ नेपाल बन्दले एक प्रकारको भूमिका निभाइरह्यो । राजनीतिक दलहरुले गर्ने नेपाल बन्दलाई विषय बनाएर सुरु भएको पेज पछि गएर सार्वजनिक विदालाई समेत समेट्न थाल्यो ।

त्यसो त भिक्टर अरु पेजमा समेत एड्मिनको भूमिकामा थिए । जोक (हाँस्य व्यंग्य सम्बन्धी) पेजमा मिम र जोकहरु पोस्ट गरिरहन्थे । नेपाल पुलिस क्लवका खेलकुद सम्बन्धी पोस्टहरु पनि उनैले तयार पार्थे । यस हिसावले उनी खेल पत्रकारितामा पनि संलग्न भइसकेका थिए ।

यसैक्रममा अन्य पत्रकारहरुसँग चिनजान बढ्दै गयो । त्यतिखेर १६/१७ वर्षका भिक्टरको आवाज बालकको जस्तै सुनिन्थ्यो । प्रहरीलाई फोन गर्दा कहिलेकाहीँ सूचना र जानकारी माग्दा पत्याउँदैन थे । यस्तोमा उनी सिनियर पत्रकार दाइहरुलाई बुझिदिन आग्रह गर्थे ।

यदि कुनै कुराको पुष्टी गर्न नसकेको खण्डमा पोस्ट गर्न कुनै किसिमको हतारो उनमा हुन्नथ्यो । ‘एउटा पोस्ट नहाल्दैमा केही फरक पर्दैन भन्ने सोच्थें,’ उनी भन्छन्, ‘देशमा हजारौं अनि विश्वमा लाखौं घटना दिनहुँ घटिरहेका हुन्छन् । सबै कुरा त चाहेर पनि हामीले समेट्न सक्दैनौं । तर पनि कुनै विशेष कुरा छ भने त त्यसलाई अनेक जुक्ती लगाएर भेरिफाइ गरेर पोस्ट गरिन्थ्यो ।’

पेजका फ्यान फलोअरहरुले अरुभन्दा फरक अनि वास्तविक समाचार स्रोतको रुपमा प्रसंसा गर्न थाले । त्यो विश्वास तोडेर दायाँबायाँ गर्ने आँट भिक्टरले गर्ने सकेनन् । त्यसरी नै सबैको विश्वास जोड्दै सुरु भएको थियो रुटिन अफ नेपाल बन्द !

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज