
काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।
गृहमन्त्री लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सङ्गठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्था रहको बताए । त्यसको आफूले अन्त्य गर्ने उनले बताए ।
“कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ । त्यसको योजना बनाएर ल्याउनुस्, कसरी–के गर्नुपर्छ, म गर्नेछु” मन्त्री लामिछानेले भने ।
कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीको साङ्गठनिक संरचना, जनशक्ति परिचालन, समस्या र चुनौतीबारे जानकारी गराए ।

