
बाजुरा – बुढीगङ्गा नदीमा हाम फाल्दा एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी नगरपालिका –२ सिम्लाकी अञ्दाजी ३८ वर्षीया जानकी न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृतक न्यौपानेले आज विहान करिब ६:३० बजे बुढीगङ्गा नदीमा हाम फालेपछि उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचाना अधिकारी दानसिंह भण्डारीले बताएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

