
धनगढी – बाजुराको बुढीगंगा नगरपालिका-६ की छाया जैशीलाइ बुढीगंगा नगरपालिकाद्वारा सम्मान गरेका छन् ।
लोकसेवा आयोगले लिएको परिक्षामा एकै वर्ष ६ स्थानमा नाम निकाल्न सफल भएकी जैशीलाइ बुढीगंगा नगरद्वारा सम्मान गरेको वडा नम्बर ६ का अध्यक्ष तथा नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् ।
नगर उपप्रमुख माया खड्का कुवरद्वारा जैशीलाई मायाको चिनो तथा सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
सामान्य परिवारमा हुर्केकी जैशीले घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि गाउँमै सरकारी विद्यालयमा पढेर उक्त सफलता हासिल गरेकाले उनलाई सम्मान गरेको नगर प्रवक्ता हेमराज जैशीले बताए ।
जैशी हाल पशु प्राविधिक रा. प. अं. प्रथम पदमा राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्जमा कार्यारत छन् ।

