Advertisement

कोशी प्रदेश टी २० : कोशी र सुदूरपश्चिमको जित

Advertisement

विराटनगर – विराटनगरमा सुरू भएको कोशी प्रदेश नेशनल टी २० च्याम्पियनसिपमा घरेलु टोली र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।

मंगबार बैजनाथपूरको गिरिजाप्रसाद कोइराला रङशालामा सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै सुखद सुरूआत गरेको हो । पहिलो खेलमा घरेलु टोली कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १ सय ७२ रनको योगफल तयार पारेको थियो । सुदूरका लागि नरेन भट्टले अविजित ६२, किरण ठगुन्नाले अविजित ५३ रन बनाएका थिए । त्यसैगरी, ओपनर खडक बोहराले ४१ रन बनाए। गण्डकीका लागि अमृत गुरूङ र सन्दिप क्षेत्रीले समान एक विकेट लिए ।

लक्ष्य पछ्याएको गण्डकीको टोली १७ दशमलव ४ ओभरमा १ सय ३२ रनमा समेटियो । उद्घाटन खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गर्याे ।

टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट १ सय ४० को योगफल तयार पारेको थियो । कोशीका लागि अंकित सुवेदीले ४८ र सुजन थपलियाले ३८ रन जोडे ।कर्णालीका लागि अनुजकुमार चन्द्रले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिएका थिए । 

कर्णालीको टोली १८ दशमलव ३ ओभरमा १ सय २ रनमा समेटिएको थियो । जित हात पारेको कोसीका लागि ३ विकेट लिएका दिपेश कडेल प्लेयर अफ दि म्याच भए ।

च्याम्पियनसिप अन्तर्गत बुधबार पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेश र दोस्रो खेलमा कर्णालीले मधेश प्रदेशको सामना गर्ने मोरङ जिल्ला क्रिकेट संघकम अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज