Advertisement

एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

Advertisement

धनगढी – एलन मस्कले नौ महिनापछि विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको ताज गुमाएका छन् । 

सोमबार टेस्लाको शेयरमा भारी गिरावट आएर मस्कको सम्पत्ति घट्दा उनलाई पछि पारेर जेफ बेजोस धनाढ्य व्यक्ति बनेका हुन् ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७.२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर घट्दा मस्कको सम्पत्ति एकैदिन १७.६ अर्ब डलरले घटी १९८ अर्ब डलर पुगेको छ ।

जबकि अमेजनका संस्थापक बेजोसको सम्पत्ति २०० अर्ब डलर रहेको छ ।

यसअघि सन् २०२१ मा बेजोस संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए । कुनै समय मस्कको सम्पत्ति बेजोसको भन्दा १४२ अर्बले बढी थियो । पछिल्लो समय अमेजनको शेयर बढ्दै गइरहेकाे छ भने टेस्लाको शेयर घटिरहेकाे छ ।

कोभिड महामारी फैलिएदेखि अनलाइन शपिङको अवधारणा बढ्दै गएपछि अमेजनको शेयर तीव्र गतिमा बढेको थियो । 

मस्कलाई विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिका रूपमा स्थापित गर्न कम्पनीको बोर्डले सन् २०२१ मा उनलाई दिएको ५५ अर्ब तलब सुविधाको भूमिका महत्त्वपूर्ण थियो । मस्कलाई उक्त तलब सुविधा दिनु अस्वाभाविक भएको भन्दै कम्पनीका एक सदस्यले केही समयअघि मुद्दा दायर गरेका थिए । 

ब्लुमबर्गले भने मस्कका यी सबै सम्पत्तिलाई आधार बनाएको छ । यता जेफ बेजोससँग अमेजनको नौ प्रतिशत स्टक छ । बेजोस उक्त प्लेटफर्मका सबैभन्दा ठूला शेयरहोल्डर हुन् । उनीसँग ८.५ अर्ब बराबरको पाँच करोड शेयर रहेको छ ।

त्यसअघि सन् २०१७ मा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै जेफ बेजोस संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए । 

ब्लुमबर्गका अनुसार लुइ भितनका अध्यक्ष बर्नार्ड अर्नल्ट भने १९७.५ अर्ब डलर सम्पत्तिका साथ धनाढ्यको शीर्ष तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज