Advertisement

संरक्षणको प्रतीक्षामा कञ्चनपुरको पुरैनी ताल

Advertisement

कञ्चनपुर – बेलौरी नगरपालिका( ६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन्। 

ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ।

ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका बथानका बथान चरा अवलोकनसँगै मोबाइलमा सेल्फी खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन्। 

तालमा डुबुल्की मार्दै आहारा खोज्दै गरेका चराको गतिविधि हेर्न लायक हुने गरेको छ। चराको अनुसन्धान गर्नेहरूका लागि यो तालले विशेष महत्त्व राख्दछ। ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ। ताल क्षेत्रमा आगन्तुक चराहरू उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि घण्टाको उडान गरी हिमाल छिचोल्दै पुग्ने गर्दछन्। 

कात्तिक महिनादेखि नै प्रवासी चराको ताल क्षेत्रमा चहलपहल सुरु हुने गरेको स्थानीय बासिन्दा वीरबहादुर रावलले बताए।

‘तालमा धेरै चराका प्रजाति पुसदेखि देखापर्ने गर्दछन्,’ उनले भने, ‘गर्मी हुने क्रमसँगै वैशाखदेखि प्रवासी चरा ताल छाडेर पुरानै बासस्थानमा फर्कने गर्दछन्।’

दशकअघि तालमा पानी बढी हुने हुँदा चराको सङ्ख्या पनि बढी हुने गरेको उल्लेख गर्दै उनले हाल तालमा पानी कम हुने भएकाले चरा पनि कमै देखिने गरेको बताए।

तालमा कुर्मा, बतख र गरुड प्रजातिका चरा बढी देखिने गरेको उनको भनाइ छ। उनका अनुसार ती चरासँगसँगै ताल क्षेत्रमा प्रवासी सिकारी चराको उपस्थिति पनि बाक्लो हुने गरेको छ।

गर्मी सुरु भएपछि प्रवासी चरा फर्केर जाने गरे पनि रैथाने प्रजातिका चरा भने ताल क्षेत्रको सीमसार क्षेत्रमा वर्षभरि नै देखिने गरेको उनले बताए। पहिला आउने ठूला शरीर भएका चरा भने केही वर्षदेखि आएको नदेखिएको रावलले उल्लेख गरे।

चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी तालपछि सबैभन्दा बढी प्रजातिका प्रवासी चरा पुरैनी तालमा देखिने गरेका छन्। ‘यो ताल चराको स्वर्ग नै हो,’ उनले भने, ‘संरक्षित क्षेत्र बाहिरको सबैभन्दा बढी चरा यहाँ पाइने गरेका छन्।’

यस वर्षको जलपक्षी गणनाका क्रममा तालमा ५५ प्रजातिका चरा देखापरेको उनले जानकारी दिए। चराको नयाँ प्रजातिमा यस वर्ष ताल क्षेत्रमा लाल टाउके गरुड देखापरेको उनले जानकरी दिए।

संकटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको सङ्ख्या ताल क्षेत्रमा सन्तोषजनक रहेको चराविज्ञ डगौरा बताउँछन्। ‘एकै तालमा यति धेरै चराको प्रजाति पाइनु यस क्षेत्रका लागि गर्वको कुरा हो’, उनले भने, ‘यस क्षेत्रलाई चरा पर्यटन क्षेत्रका रूपमा विकास गरिनुपर्छ।’

चरा पर्यटनलाई उच्चस्तरका रूपमा हेरिने गरिएको कुरामा जोड दिँदै उनले चरा अवलोकन गर्न आउने पर्यटक आर्थिक अवस्था राम्रो भएका हुने गरेको बताए। ‘चरा हेर्नकै लागि पर्यटक तालसम्म पुग्ने गर्दछन्,’ उनले भने, ‘कुनैले सौखका लागि फोटो खिच्ने, कोही आत्मशान्तिका लागि चरा भएका क्षेत्रमा घुम्नका लागि पुग्ने गर्दछन्।’

चरा पर्यटनको विकास गरिएमा डिप्रेसनमा गएका व्यक्तिलाई फाइदा पुग्नेसँगै वैज्ञानिक अनुसन्धान गर्न सहज हुने र नयाँ प्रजातिका चरा पत्ता लगाउन सहज हुने उनको भनाइ छ।

‘यसका लागि चराको बासस्थानमा खलल पुर्‍याउनु हुँदैन,’ उनले भने, ‘सीमसार क्षेत्रको जैविक विविधता संरक्षणमा जोड दिइनुपर्छ, तालको पानीलाई एकनास बनाइराख्नका लागि संरक्षणका कार्यक्रम सञ्चालन गरिनुपर्छ।’

तालमा क्रिडा गर्ने चरा नजिकैबाट नियाल्नका लागि अवलोकन घर निर्माण गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सकिने उनले उल्लेख गरे।

ताल क्षेत्रको जलकुम्भी हटाएर चरा बस्नका लागि आइल्याण्ड निर्माण गर्ने कार्यसँगै समुदायस्तरमा चरा संरक्षण र बासस्थान सुरक्षाका लागि जनचेतना जगाउने कार्यमा स्थानीय सरकारले दत्तचित्त भएर लाग्नुपर्ने उनले उल्लेख गरे।

घोडाघोडी चरा अभय–आरण्यपछि हरिहाँसको सङ्ख्या पुरैनी तालमा अधिक देखिएको उनले जानकारी दिए। कैलाली र कञ्चनपुरका सीमसार क्षेत्रमा रैथाने तथा प्रवासी पक्षी अवलोकनका क्रममा पुरैनी ताल पुग्नुभएका सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका प्रमुख डबलबहादुर बोहराले सरकारले तीनवटा सर्किटमा गुरुयोजना बनाएर कार्य अगाडि बढाइरहेको बताए।

‘कैलाली(कञ्चनपुर, पहाड र हिमाल गरी तीन सर्किटमा पर्यटकीय विकासका लागि कार्य भइरहेको छ,’ उनले भने, ‘पर्यटकीय विकासमा तालतलैयासँगै जैविक विविधता संरक्षण, चराचुरुंगीको बासस्थान संरक्षणलाई उच्च महत्त्व दिइएको छ।’

चराचुरुंगी पर्यटन प्रवर्द्धनका माध्यमबाट विदेशी पर्यटकलाई आकर्षित गरी स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न सकिने उनले बताए। प्रदेशका नौवटै जिल्लामा चरा संरक्षण कार्यक्रम समावेश गरेर कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माण, बासस्थान संरक्षण, जलाधार क्षेत्र संरक्षणलगायतका कार्यक्रम अघि सारिएको बताए।

‘इको टुरिज्मको मुख्य पाटो भनेकै चरा अवलोकन गर्नु नै हो,’ उनले भने, “रैथाने प्रवासी चरा(मानव सम्बन्धलाई पर्यापर्यटनसँग जोड्नु आवश्यक छ।’

घोडाघोडी सीमसार क्षेत्र र पुरैनी सीमसार क्षेत्रका मासिँदै गएका ताल संरक्षण गर्न ताल वरिपरिको क्षेत्रमा पर्खाल निर्माण गर्ने, पर्यटकको सुविधाका लागि भ्यूटावर निर्माण गर्नेलगायतका लागि आवश्यक छलफल गरी आगामी योजनामा समावेश गरिने उनले बताए। पुरैनीको पुरानो क्षेत्र यकिन गरी सीमांकन गर्नका लागि तत्कालै कार्य अगाडि बढाइने बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले बताए।

‘चराको बासस्थान सुरक्षित बनाउन कार्यक्रम अगाडि बढाउँछौं,’ उनले भने, ‘ताल क्षेत्रमा रहेको जलकुम्भी हटाएर सफा बनाउँछौं। ताललाई पुरानै प्राकृतिक अवस्थामा पुर्‍याएरै छाड्छौं।’

चराको बासस्थान भत्काउनु हुँदैन भन्नेमा सचेत रहेको उल्लेख गर्दै उनले ताल र सीमसार क्षेत्रको संरक्षणका लागि प्रदेश, संघीय सरकारसँग हातेमालो गरेर अगाडि बढ्न आतुर रहेको बताए।

‘तालको केही क्षेत्रमा पोखरी निर्माण गरी सहकारी संस्थासँग सम्झौता गरी माछापालनको कार्य विगतमा गरिँदै आएको थियो’, उनले भने, ‘चरा संरक्षणकर्मीको सल्लाहमा चराको बासस्थानमा खलल पुगेको भनेपछि माछापालनको कार्य बन्द गरेका छौं।’

थारु भाषामा कमललाई पुरैना भन्ने गरिएकाले त्यसकै आधारमा तालको नाम पुरैनी राखिएको बताइन्छ। रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज