Advertisement

केएमसीमा खड्ग पछेरा मेमोरियल क्रीकेट टुनामेन्ट सम्पन्न 

Advertisement

धनगढी – धनगढीको केएमसीमा खड्ग पछेरा मेमोरियल इन्टर फ्याकल्टी क्रीकेट टुनामेन्ट २०८० सम्पन्न भएको छ ।

कैलाली बहुमुखी क्याम्पसका पूर्व उप-प्राध्यापक स्वर्गीय खड्क पछेराको स्मृतिमा बीबीएस चौथो वर्षमा अध्ययनरत

विद्यार्थीको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

गत फागुन १४ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगिता क्याम्पस भित्रका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुका जम्मा १२ टिमको सहभागिता रहेको थियाे ।

प्रतियोगितामा बीएसडब्लुले प्रथम स्थान ओगट्न सफल भएको छ भने बीबीएस चौथो वर्ष तथा आयोजक टिम प्रतियोगितामा दोस्रो भएको छ ।

प्रतियोगिताको प्रथम स्थान हासिल गरेको बीएसडब्लुले प्रमाणपत्रसहित नगद सात हजार प्राप्त गरेको छ भने दोस्रो स्थान हात पारेको आयोजक टिमले प्रमाणपत्रसहित नगद तीन हजार प्राप्त गरेको छ ।

प्रथम स्वर्गीय खड्ग पछेरा कप सफलता पूर्वक सम्पन्न भएको उपलक्ष्यमा सम्पूर्णलाई धन्यवाद दिँदै आयोजक कमिटी संयोजक  बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी चित्रराज भट्टले आगामी दिनमा हामीभन्दा पछाडि आउने विद्यार्थी साथीहरुले पनि यस प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालन गर्ने कुरामा आफूलाई आशा र विश्वास रहेको बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज