
काठमाण्डाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुने गरेको बताएका छन् ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले नेपालमा हुने भ्रष्टाचारको मोलमोलाइ विदेशमा हुने गरेको र त्यस्तो कारोबारको सूचना पाउन धेरै मुस्किल भएको बताए ।
नेपाल एअरलाइन्सको वाइडबडी विमान खरिदसम्बन्धी कतिपय सूचना अरू देशका निकायहरूसँग लिनुपर्नेमा सूचना लिन नसकेको उनको भनाइ छ ।
नेपालले अरू देशहरूसँग पारस्परिक कानुनी सहायतासम्बन्धी द्विपक्षीय समझदारी नगरेकाले ती देशका निकायहरूले सूचना दिन अस्वीकार गरेका प्रमुख आयुक्त राईले बताए ।

