
कञ्चनपुर – कञ्चनपुरमा ५१ थान लागूऔषध यम्पुलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
शनिवार जिल्लाको वेदकोट नगरपालिका बस्ने ३१ वर्षीय विजयराज पन्तलाई प्रतिबन्धित लागूऔषध यम्पुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पन्तलाई वेदकोट नगरपालिकाको घोर्सुवाबाट पक्राउ गरेको जनाएको छ ।
विषेश सूचनाका आधारमा पक्राउ गरिएका पन्तलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

