Advertisement

उद्योग, पर्यटन मन्त्रालयद्वारा वार्षिक प्रगति सार्वजनिक

Advertisement

धनगढी – सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । 

मन्त्री रमेशसिंह धामीले मन्त्रालयको नेतृत्व सम्हालेपछि एक वर्ष अवधिमा भएको कार्य प्रगति विवरण मन्त्रालयले सार्वजनिक गरेको हो । 

मन्त्रालयले नीतिगत तथा संस्थागत काम अन्तर्गत एक निर्वाचन एक उद्योग कार्यक्रम लागु गरेको छ । 

यस्तै, प्रत्येक जिल्लामा उद्योग विस्तार तथा दुना–टपरी, बेतबाँस, बेलजुस उत्पादन, ठेकी पारो निर्माण, नेपाली हाते कागज, विजय सालको भाँडा निर्माण, अल्लो तथा जुटको सामग्री निर्माण गर्ने उद्योग सम्वर्धन तथा प्रवर्धन गरिएको छ । मन्त्रालयले सामुदायिक वनको काठ सङ्कलन पहिलो संशोधन निर्देशिका २०८० पारित गरेको छ । 

वन क्षेत्रतर्फ ७७ हेक्टर खाली तथा नाङ्गो वन क्षेत्रको जमिनमा वृक्षा रोपण, सामुदायिक वन क्षेत्र हस्तान्तरण, अतिक्रमित क्षेत्रलाई खाली गराइ पुनः वन क्षेत्र कायम, कैलाली, कञ्चनपुर र बैतडीका तीन सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको छ । 

यसैगरी, भू तथा जलाधार क्षेत्रतर्फ नदी किनार संरक्षण तथा तटबन्ध गरी खेतबारी संरक्षण गर्ने काम भएको जनाइएको छ । अव्यवस्थित तथा जीर्ण अवस्थामा रहेका पानीका मुहानको संरक्षण गरी शुद्ध खानेपानीको उपलब्धता, रिचार्ज पोखरी निर्माण गर्ने कार्य मन्त्रालयले गरेको छ । 

यस्तै, कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलामा होमस्टेको प्रवर्धन, व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन र पर्यटकीय क्षेत्रमा प्रवेशद्वार निर्माण गरेको जनाइएको छ । 

उद्योग तथा वाणिज्यतर्फ उद्यम स्थापना तथा सञ्चालनका लागि प्रविधि हस्तान्तरण, उद्योगीलाई विद्युत महसुल, बैङ्क ऋणमा अनुदान, उद्योगहरुको प्रवर्धनका लागि अनुदान प्रदान गर्ने काम भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । यसैगरी, दार्चुलामा खरिढुङ्गाको उपलब्धता तथा उद्योग स्थापनाका लागि डीपीआर तयार गरिएको छ । 

पर्यटनतर्फ धार्मिक पर्यटकीय स्थलमा भौतिक संचरना निर्माण, संस्कृति संरक्षणका लागि सङ्ग्रहालय निर्माण, डडेल्धुराको अजयमेरुकोट, बझाङको राजाकोट दरबारको मर्मत सम्भार तथा संरक्षण गर्ने काम भएको मन्त्री धामीका स्वकीय सचिव रमेशप्रसाद भट्टराईले जानकारी दिए । 

उनका अनुसार मन्त्रालयले पर्यटकीय सम्भावना बोकेका ताल तथा सिमसार क्षेत्रको मर्मत सम्भार र संरक्षणको काम गरेको छ । यस अवधिमा मन्त्रालयले पाँच लाख १४ हजार ७९९ श्रमदिन बराबरको रोजगारी सिर्जना गरेको छ । एक वर्षभित्र तीन हजार ५९४ वटा विभिन्न प्रकृतिको नयाँ उद्योग दर्ता भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीको निजी सचिवालयले जनाएको छ । 

यसैगरी, उद्यमशिलता विकास तालिममार्फत एक हजार २९८ महिला र ६१६ पुरुष गरी एक हजार ९१४ जना नयाँ उद्यमी तयार गरिएको छ । मन्त्रालयले उद्योग तथा वाणिज्य क्षेत्रबाट तीन करोड ९१ लाख र वन क्षेत्रबाट आठ करोड ८१ लाख रुपियाँ राजस्व पनि सङ्कलन गरेको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज