
काठमाडौं – तिलकसिंह पेलाको स्वर र संगीतमा रहेको गजल गीत‘के लत बस्यो मलाई’ करोड क्लबमा प्रवेश गरेको छ ।
सार्वजनिक भएको १ वर्षपछि यो गजल करोड क्लवमा पुगेको हो । यस गजललाई डा. प्रदीप कुमार मैनालीले रचना गरेका हुन् ।
गजलमा तिलक सिंह पेलाको संगीत र स्वर रहेको छ । रिदम कंडेलले गजलको एरेन्ज गरेका हुन् । रेकर्डिङ स्टुडियोमा नै भिडियोको छायाँकन गरेर सार्वजनिक गरिएको हो ।
सरस शब्दावली र शेर बुनिएको यो गजल अत्याधिक रुचाईने गजलमध्येको एक हो ।

