
धनगढी – कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ ।
जिल्ला कारागार कैलालीको बन्दी क्षमता एक सय ५० रहेको भएपनि कारागारमा ७ सय २० जना हालिएको छ ।
यो मानव अधिकार विपरीतको कार्य हो । कारगार कार्यालय कैलालीका निमित्त प्रमुख शिखा जोशीका अनुसार कारागारमा अहिले विभिन्न अपराधमा सजाय पाएका ६ सय ६५ पुरुष, ५२ महिला र तीन बालबालिका गरेर ७२० कैदीबन्दी छन् ।

