बझाङ : बझाङमा नेकपा माओबादि केन्द्रको जिल्ला समन्वय समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । घरघरमा माओबादि जनजनमा माओबादि भन्ने मुलनारा सहित यहिँ भाद्र १६ गते देखि सुरु हुन गइरहेको माओवादी केन्द्रको तिन महिने जनतासँग माओवादि रुपान्तरण विशेष अभियान सफल पार्न बिस्तारित बैठक सदरमुकाम चैनपुरमा सञ्चालन गरिएको हो ।
माओवादी केन्द्र देशव्यापिरुपमा हुन गइरहेको विशेष अभियान सफल पार्न अहिले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेको छ । जसअन्र्तगत भदौ १२ गते गाउँपालिका र १४ गते वडास्तरमा जनता र पार्टिका कार्यकर्ताहरुलाई सक्रिय बनाउन प्रशिक्षण गरिने नेकपा माओवादि केन्द्र छविसपाथिभेरा गाउँपालिका सचिव लाल बहादुर थापाले जानकारी दिनुभयो ।

आजको बैठकबाट तीन महिने अभियानको लागि जिम्मेवारी र नेता कार्यकर्ताको कार्य विभाजन गरिएको छ । पार्टिले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र यस अघि नै तय गरिसकेको छ भने जिल्ला इन्चार्जहरू पनि तोकेको छ । बझाङमा लालबहादुर सोडारीलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

