
बझाङ – जिल्ला अस्पताल बझाङ न्यूनतम सेवा मापदण्डमा देशभरमै पहिलो भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो ।
न्यूनतम सेवा मापदण्ड अनुगमनमा प्राइमरी अस्पतालहरु मध्येबाट जिल्ला अस्पताल बझाङले ९३ प्रतिशत अङ्क ल्याएर देशभरिको प्रथम भएको जिल्ला अस्पतालका सूचना अधिकारी गँगा जोशीले बताइन् ।
वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पताल दोस्रो भएको थिया्े । स्वास्थ्य सेवा प्रवाह , विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अङ्क दिइएको जनाइएको छ ।
उक्त उपलब्धिका लागि विशेष सहयोग गर्ने जिल्ला अस्पताल व्यवस्थापन समिति, कार्यरत सम्पूर्ण चिकित्सकहरु, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पूणर्लाइ जिल्ला अस्पतालका मेसु डाक्टर धिरज बिसँखले धन्यबाद व्यक्त गरेका छन् ।

