Advertisement

दु:खमा सहारा बनिरहनुभएकी प्रेरणादायी महिला सावित्री

Advertisement

यो पितृसत्तात्मक समाजमा महिलाले पनि महान काम गर्न सक्छन् भन्ने एक गतिलो उदाहरण हुनुहुन्छ समाजसेवी सावित्री अधिकारी । 

समाजमा महिला पुरुषबीचको विभेदका बाबजुद पनि भोक, निन्द्रा र थकानलाई बिर्सिएर समाजसेवामा अहोरात्र खटिने सावित्री यही समाजमा खेल्दै, पढ्दै हुर्किनुभएकी एक नारी हुनुहुन्छ ।

सम्पन्न परिवारमा जीवनयापन गरेर पनि प्रत्येक नेपालीको सहारा बनिरहनुभएकी उहाँले विदेशमा अलपत्र परेका व्यक्ति र शवहरुलाई सम्बन्धित ठाउँसम्म पुर्याउन अहोरात्र खटिरहने गर्नुहुन्छ ।

राज्यको उच्च अहोदा, देशको कार्यकारी प्रधानमन्त्रीको सचिवालयमा बसेर थुप्रै काम गरि सक्नुभएकी उहाँलाई समाजसेवा गर्दा, अरुको दुखमा सहारा बन्न पाउँदा खुशी मिल्ने गरेको छ ।

पछिल्लो चरणमा विदेशमा बेचिएकी थुप्रै नेपाली चेलीको उद्धार  गरेर नेपाल ल्याएर परिवारको जिम्मा लगाउने, इजरायलमा भएको घटनाका भएका मृत शवलाई उहाँले सम्बन्धित ठाउँमा पुर्याउने, नेपालमै भएका थुप्रै घटनाहरु आगलागि, करेन्ट, बाढी, पहिरो र भूकम्पले क्षति गरेका बेला थुप्रै गरिबहरुका लागि गाउँ बस्तीमा गएर सेवा गर्दै, मठमन्दीर बनाउने कार्य उहाँले गर्दै आउनुभएको छ ।

महिलालाई घर भित्रको काममा मात्र सिमित हुनुपर्छ भन्ने बुझाइ रहेको हाम्रो समाजमा उहाँको त्यो संघर्ष सबैका लागि प्रेरणादायी छ ।

उहाँले भन्नुभयो, “दुई छोरी अस्ट्रेलिया र एउटा छोरा नेपालमै छन् । जीवनसाथी, छोराछोरी सबैले मैले गरिरहेको काममा सहयोग र हौसला प्रदान गर्नुहुन्छ ।”

नेपालमा थुप्रै अभियान र संस्थाका नाममा सहयोग गर्नेहरु थुप्रै छन् । कयौंले स्वार्थले प्रेरित भएर सेवा गरिरहेका हुन्छन् ।तर, सावित्री अधिकारी त्यस्तो सहयोगी नारी हुन् जो नि:स्वार्थ एउटा नेपालीको घाउको मलम पट्टी बनिरहनु भएको छ ।

उहाँ भन्नुहुन्छ, “जीवनको अन्तिम समयसम्म समाजसेवा गर्ने ईच्छा छ । परिवारमा सबै व्यवस्थित भइसके, मैले गर्दै आएको काम सेवा हो । म जहाँ जस्तो सुकै ठाउँमा पुगे पनि सेवा गर्न कहिले छाड्ने छैन ।”

उद्धृत – करण साउद, राजनीतिकर्मी

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज