Advertisement

बझाङको खप्तडछान्नाकाे १४ औं गाउँसभामा – बिपतकाेष दान पेटीकाे उद्घाटन

Advertisement

बझाङ : बझाङकाे खप्तडछान्ना गाउँपालिकामा आई पर्ने आपत विपत प्रयाेजनका लागि खर्च गर्न गाउँपालिकाले बिपत काेष दानपेटीकाकाे उद्घाटन गरिएकाे छ ।

माघ २३ गते गाउँपालिकाकाे १४ औं गाउँसभाकाे उद्घाटन समाराेहमा गाउँपालिकाका अध्यक्ष उत्तम कुमार राेकायाले दान पेटीकाकाे शुभारम्भ गरिएकाे हाे ।

खप्तडछान्ना गाउँपालिकामा हालै सरूवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपालीले गाउँपालिकाकाे बिपत काेषमा कुनै रकम नभएकाे जानकारी पाए पछि नयाँ कामकाे थालनी गर्न बिपत काेष दान पेटीकाकाे सुरूवात गर्नु भएकाे गाउँपालीका स्राेतले बताएको छ ।

गाउँसभामा शुभारम्भ गरिएकाे दानपेटीकाकाे पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत वडाअध्यक्षहरू,गाउँसभा सदस्य,कर्मचारीहरूले आफ्नाे गक्षअनुसारले दान पेटीकामा नगद रूपैया दान गरेका थिए ।
गाउँपालिकाकाे सभाहलमा राखिने दानपेटीकामा अवकाे प्रान्त कुनै पनि सभाहलमा हुने मिटिङ्ग,गाेष्ठी,तालिम लगायतका सार्वजनिक कार्य भएमा दान पेटीकामा दान गरिसके मात्रै कार्यक्रमकाे सुरूवात गरिने प्रवधान राखिएकाे छ।

दानपेटीका बर्षकाे एक पटक सार्वजनिक समाराेहमा खाेल्ने याेजना रहेकाे प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपालीले जानकारी दिए । दान पेटीकामा संकलन भएकाे रकमले गाउँपालिकामा आई पर्ने बिपतमा खर्च गरिने भएकाे छ ।

१४ औं गाउँसभामा कार्यस्थलमा हुने याैन दुर्ववहार सम्वन्धि ऐन २०८० पास गरेकाे थियाे भने केही याेजनाहरूकाे शीर्षक र याेजना रकमान्तर गरेकाे थियाे । साथै गाउँसभामा याे आर्थिक बर्षकाे अर्धवार्षिक कार्य प्रगति पनि प्रस्तुत गरेकाे छ ।

कार्यक्रममा खप्तड छान्ना ५ का अध्यक्ष रामबहादुर सिँहले कार्यस्थलमा हुने याैनजन्य दुर्व्यावहार ( निवारण ) ऐन ,२०७१ काे दफा २१ ले दिएको अधिकार प्रयाेग गर्ने गरि कानुन निर्माण गरेकाे छ ।
कार्यक्रममा सरूवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत नेपालीलाई गाउँपालिकाकाे तर्फबाट टीका खादा लगाई स्वागत गरिएकाे थियाे । गाउँपालिका अध्यक्ष उत्तम कुमार राेकायाकाे अध्यक्षतामा संचालन भएकाे गाउँसभामा उपाध्यक्ष बिष्णु थापा,एक देखि सात वटै वडाका वडाध्यक्षहरू,कार्यपालिका सदस्यहरू ,गाउँसभा सदस्यहरू,पत्रकारहरू लगायत कर्मचारीहरूकाे सहभागी रहेकाे थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज