Advertisement

सुदूरपश्चिमका निमित्त वन निर्देशकको भाइरल भिडियोको यथार्थ

Advertisement

धनगढी — अडियोमा कुन डिभिजनले कति रकम दियो ? कसले दिएन ? फलानो सव डिभिजनले जम्मा यति दियो भन्दै प्रदेशका वननिर्देशकले टेलिफोनमा कसैलाई रिर्पोटिंङ गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा सुदूरपश्चिमका वन निर्देशक कृष्णदत्त भट्टले मदिराको नशामा प्रदेशका वनमन्त्री रमेश धामीलाई फोनमा रिर्पोटिङ गरिरहेका हुन् ।

भिडियो रेकर्ड गर्ने कर्मचारी निर्देशक भट्टलाई उद्धृत गर्दै भन्छन् ‘वननिर्देशकसँग मन्त्री धामीले माग गरेको रकम उठाउन उनले सवै वन डिभिजन र सव डिभिजन प्रमुखलाई उर्दी नै जारी गरेका थिए ।’ रेकर्ड गर्ने कर्मचारीको भनाइ पुष्टि हुनेगरी सञ्चार माध्यममा आएको भिडियोमा निर्देशक भट्टले डिभिजन र सव डिभिजनको नाम तोकेरै उठेको रकमका विषयमा टेलीफोनमा जानकारी दिइरहेका छन् ।
एक साताअघि भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका वन मन्त्रालयका उपसचिव हेमराज विष्ट अदालतबाट सफाइ पाएर कार्यालयमा हाजिर भए । उनी प्रदेशका निमित्त क्षेत्रीय वन निर्देशक हुँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको आरोपमा निलम्बनमा परेका थिए । अदालतले सफाइ दिएपछि उनी सोही पदमा मन्त्रालयमा हाजिर भए । तर मुख्यमन्त्री कमलबहादुर शाह र मुख्य सचिवको दबाबमा उनको ठाउॅंमा निमित्त वन निर्देशक कृष्ण भट्टलाई नै पुनः नियुक्त गरियो । विष्टलाई मन्त्रालयमा तानियो । विष्टले वनमन्त्री धामी, पूर्व वनमन्त्री दार्चुलाबाट निर्वाचित माओवादी नेता मानबहादुर धामी, एमालेका केही नेतालाई वन निर्देशकमा बहाल हुन प्रयोग गरेका थिए ।

भट्ट नै पुनः निमित्त वननिर्देशक नियुक्त भएपछि उनले विभिन्न जिल्लाका वन डिभिजन र सव डिभिजन प्रमुखसँग घूस मागेको भिडियो सञ्चार माध्यममा आयो । मदिराको नशामा उनी आफैंले कसले कति रकम दियो भनेर बोलेका छन् । उक्त भिडियो उनकै एकजना सहयोगीले रेकर्ड गरेर सञ्चार माध्यमलाई उपलब्ध गराएका हुन्

गत साता नै दत्तले बोलेको भिडियो बाहिरिएर प्रदेश सभामा छानिबन र कारबाहीको माग उठेपछि गत सोमबार नै प्रदेश संसदको सार्वजनिक लेखा समितिले पूर्व वनमन्त्री मानबहादुर धामीको नेतृत्वमा ४ जना सांसद सम्मिलित छानबिन उपसमिति बनाएको छ । जसमा सबै दलबाट निर्वाचित सांसदको प्रतिनिधित्व छ । समितिमा सांसद मान बहादुर धामी, खेमा विष्ट, वेलबहादुर राना मगर र टीका थापा छन् ।

“वन मन्त्रालयभित्र देखिएका बेथिति राजनीतिक संरक्षणमा भइरहेका हो । ” वन मन्त्रालयका एक उच्च अधिकारीले भने- निमित्त निर्देशक नियुक्तिमा राजनैतिक लडाईं बाहिर आएको मात्र हो” तर कृष्णदत्त भट्ट पटक पटक विवाद मा आउने ब्यक्ति हुन र उनलाइ जोगाउने प्रयासमा उच्च राजनैतिक नेतृत्व लागेपछि वन प्रशासनका अधिकारीहरुले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन ती अधिकारीले भने ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज