
धनगढी– अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसकाे संयाेजकमा पूर्णराज जाेशी चयन भएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक महेन्द्र सिंहको उपस्थितिमा आयोजक कमिटी निर्माण गरिएको हाे ।
जसकाे संयाेजकमा पूर्णराज जोशी, सह संयोजकमा किरण उपाध्याय, सह संयोजक धीरेन्द्र बोहोरा, सचिवमा केशव धामी, सह सचिवमा सुनिल नेपाली, सह सचिवमा नरेन्द्र विष्ट, सह सचिवमै हिमाल रावत चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा हृदया रावल र अन्य पुरानै कमिटीका सदस्यहरु यथावत रहनेगरी कमिटी निर्माण गरिएको बताइएको छ ।

