
काठमाडौँ – पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपियाँ सङ्कलन भएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो ।
सरकारले इन्धनबाट अन्य शीर्षकमा समेत कर सङ्कलन गर्ने गरेको छ । वातावरण शुल्क, सडक मर्मत दस्तुर, भन्सार शुल्कमा उपभोक्ताबाट कर सङ्कलन गर्ने गरेको छ ।
कर छुटाएर निगमले उपभोक्ता मूल्य निर्धारण गर्ने गरेको छ । इन्धनमा विभिन्न शीर्षकमा लगाइएको उच्च करका कारण उपभोक्तालाई इन्धन महँगो पर्ने गरेको छ ।

