Advertisement

प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय

Advertisement

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको विषययत समितिले प्रहरी समायोजन तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकमा सहभागीहरुका अनुसार १७ माघमा प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय समन्वय परिषदको बैठक बसेपछि लामो समयदेखि रोकिएको समायोजन प्रक्रिया अगाडि बढ्नेछ ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन बमोजिम बनेको समितिको पहिलो बैठक आइतबार गृह मन्त्रालयमा बसेको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकमा सात प्रदेशका गृहमन्त्रीका साथै स्थानीय तहका प्रतिनिधि पनि उपस्थित थिए ।

बैठकले लामो समयदेखि अवरुद्ध प्रहरी समायोजन शीघ्र अगाडि बढाउने निर्णय गरेको छ ।

साथै संघीय प्रहरी ऐन निर्माण तथा प्रहरी समायोजन ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन) संशोधन अघि बढाउने निर्णय गरेको बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रदेश गृहमन्त्रीहरुले प्रमुख जिल्ला अधिकारीले प्रदेशसँग समन्वय गर्ने विद्यमान व्यवस्था अपर्याप्त भएको बताएका छन् ।

प्रहरी समायोजन र कानुन संशोधनको प्रक्रियामा आपसी समन्वय गर्दै अघि बढ्ने सहमति भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज