Advertisement

आहारारा गोल्डकप : आज संकटा र आर्मी सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्ने

Advertisement

पोखरा – आहारारा पोखरा गोल्डकपमा आज साविक विजेता संकटा र नेपाल आर्मी सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् ।

खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।

संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने विभागीय टोली नेपाल आर्मीले आहारारामा नवप्रवेशी टिम राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो ।

आहारारामा आर्मी र संकटा नयाँ प्रतिद्वन्द्वी भने होइनन् । यसअघि २ पटक सँगै क्वार्टरफाइनलमै भिडेका २ टिममा दुवैले एक/एक जित निकालेका छन् ।

अघिल्लो संस्करणमा पनि क्वार्टरफाइनलमै आर्मी र संकटाबीच भेट भएको थियो । क्वार्टरफाइनलमा आर्मीलाई ३–१ ले स्तब्ध पार्दै संकटा सेमिफाइनल यात्रा तय गर्‍यो । आर्मीलाई क्वार्टरफाइनलमा रोकेको संकटा अन्ततः प्रतियोगिताकै उपाधि विजेता बन्यो ।

०७६ सालमा पनि दुवै टिम भिडेका थिए । जसमा ०७६ सालमा क्वार्टरफाइनलमा आर्मीले संकटालाई १–० ले पराजित गरेको थियो ।

आहारारा गोल्डकपको दुई दशक लामो इतिहासमा संकटाको अनभुव छोटो छ । संकटा हालसम्म ७ पटकमात्रै प्रतियोगितामा सहभागी छ । तर संकटाले २ पटक उपाधि जितेको छ भने दुई पटक सेमिफाइनल खेलिसकेको छ ।

संकटाले ०७७ को फाइनलमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । उक्त खेल संकटाले ट्राइब्रेकरमा ४–२ ले जितेको थियो ।

अघिल्लो संस्करण जिताउन महत्वपूर्ण भूमिका खेलेको गोल रक्षक टिकेन्द्र थापा यसपटक सहारादेखि खेलेका छन् । संकटाकै आयुष घलान सहाराको यसवर्षको वर्षोत्कृष्ट खेलाडी बनेका छन् भने अघिल्लो संस्करणमा चर्च ब्वाइजबाट खेलेका नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी अञ्जन विष्ट संकटाबाटै खेल्दैछन् ।

रवीन्द्र शिलाकारको प्रशिक्षणमा मैदानमा उत्रिन लागेको साविक विजेता संकटाले ३ जना विदेशी खेलाडीसहित राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ, सुरजज्यू ठकुरी, लकेन लिम्बुलगायतलाई समावेश गरेको छ ।

यता त्रिभुवन आर्मी क्लबले हालसम्म आहाराराको उपाधि जित्न सकेको छैन । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा उपाधिविहीन हुँदै आएको छ ।

विभागीय टिम नेपाल आर्मीलाई भरत खवासको कप्तानी सम्हाल्नेछन् । यो टिम आहारारा पोखरा गोल्डकपमा १५औं सहभागिता हो ।

टिममा भरतसँगै राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जन, विमल पाण्डेलगायत आर्मीको टिममा छन् ।

आजको विजेताले माघ १८ गते चर्चब्वाइज र एपीएफमध्ये एक टोलीसँग अन्तिम ४ का लागि स्पर्धा गर्नेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज