Advertisement

जयपृथ्वी नगरपालिकाद्धारा नगर प्रहरीको लागि सञ्चालित ४५ दिने तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न

Advertisement

बझाङ : जयपृथ्वी नगरपालिकामा नव नियुक्त नगरप्रहरीका लागि सञ्चालित ४५ दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यलयको समन्वयमा गएको असोज ६ गतेदेखि जिल्ला प्रहरी कार्यलय बझाङमा सञ्चालन भएको तालिम आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।


दीक्षान्त समारोहमा प्रमुख अतिथी समेत रहनुभएका जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले दिक्षित हुनुहुने नगरप्रहरीहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै उक्त आधारभूत तालिमबाट नगरप्रहरीहरूमा कर्तब्यनिष्ठ र अनुशासित भई शिष्टाचारसहित सदैव नगरवासीहरूको सेवामा अहोरात्र खट्न सक्ने क्षमताको विकास भएको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले “स्वच्छ, सफा, समृद्ध, सुन्दर – जयपृथ्वी नगर” भन्ने लक्ष्य प्राप्त गर्न नगर प्रहरीहरूको समेत महत्वपूर्ण भुमिका रहनेहुँदा सोही लक्ष्य प्राप्तिका लागि नगरपालिकाको नीतिलाई अक्षरशः कार्यान्वयन गर्न सहयोग गर्नु नगरप्रहरीहरूको मुख्य कार्य रहने बताउनुभयो । त्यसका साथसाथै उहाँले ४५ दिने तालिम सञ्चालनमा महत्वपूर्ण योगदान गर्नुहुने प्रशिक्षक, सहजकर्ताका साथै तालिमका लागि भौतिक पूर्वाधार उपलब्ध गराइ सहयोग गर्ने जिल्ला प्रहरी कार्यलय बझाङलाई आभार व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा नगर प्रहरीहरूबाट कवाज प्रदर्शनीका साथै नगरप्रमुख बजालले नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह समेत प्रदान गर्नुभयो । जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी नायब उपरीक्षक एवं डिएसपी भरत बहादुर शाहको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल प्रमुख अतिथी रहनुभएको थियो । विशिष्ट अतिथीमा नगर उपप्रमुख रतन बहादुर सिहँ, प्रमुख प्रशासकीय अधिकृत अम्मराज जोशी र प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल रहनुभएको थियो । अतिथीमा वडा नं १ देखि ११ का वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, नगरपालिकाका अन्य कर्मचारी रहनुभएको थियो भने तालिमका सहजकर्ता, सुरक्षाकर्मि लगाएत पत्रकारहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

उक्त दीक्षान्त समारोहमा नगर उपप्रमुख रतन बहादुर सिहँ, डिएसपी भरत शाह र प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले दीक्षित हुनुहुने नगरप्रहरीहरूलाई बधाई दिनुहुँदै शुभकामना मन्तब्य राख्नुभएको थियोे । जयपृथ्वी नगरपालिकाले २०७८ फागुन महिनामा नगर प्रहरीकोलागि भर्ना खोलेको थियो । त्यस लगत्तै पालिकाले कार्यविधि तयार गरेर ११ जना नगर प्रहरीलाई छनोट गरेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज