Advertisement

धनगढीको केएमसीमा राष्ट्रिय प्राज्ञिक सम्मेलन सम्पन्न

Advertisement

धनगढी – कैलाली बहुमुखी क्याम्पसको आयोजना र काठमाण्डौ विश्वविद्यालयसँगको सहकार्यमा अङ्ग्रेजी भाषा शिक्षामा हालको अनुसन्धान प्रवृत्ति सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । 

शनिबार र आइतबार भएको उक्त सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र भारतको बाबा साहेव अम्वेडकर शिक्षा विश्वविद्यालय गरी पाँचवटा विश्वविद्यालयका प्राज्ञिकहरूको जमघट भएको थियो। उक्त सम्मेलन आइतबार सम्पन्न भएको हो ।

उद्घाटन सत्र कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक ठाकुरप्रसाद ढुङगेलको अध्यक्षतामा सुरु भएको सम्मेलनका प्रमुख अतिथि नेपाल खुला विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्ट तथा विशिष्ट अतिथि सुप विश्वविद्यालयका ब्यवस्थापन संकायका डीन प्रा.डा. पदमराज जोशी तथा शिक्षाशास्त्र संकायका डीन डा. भवानसिंह चलाउने रहेका थिए । कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. शिवप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रममा पुस्तक विमोचन कार्यक्रम समेत सम्पन्न भएको थियो ।

दुई दिनसम्म चलेको उक्त सम्मेलनमा बाबा साहेब अम्वेडकर शिक्षा विश्वविद्यालयका प्रा.डा. कल्याण पाण्डे, काठमाण्डौ विश्वविद्यालयका डा. टिकाराम पौडेल तथा त्रिभुवन विश्वविद्यालयका डा.बलराम अधिकारी किनोट स्पिकर रहेका थिए भने सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक मोहनसिंह साँउद, काठमाण्डौ विश्वविद्यालयका डा. भरत प्रसाद न्यौपाने र सुरेन्द्र भट्ट प्लिनरी स्पिकर रहेका थिए ।

त्यसैगरी कमल पौडेल, गीता काफ्ले, शान्ति भट्ट, घनश्याम आचार्य, रेनुका भट्टराई, ठाकुर प्रसाद ढुङ्गेल, मोहन साउद, सम्झना अर्याल, अशोकराज खाती, देवी भट्ट, सुमन श्रेष्ठ, रमेश बहादुर सिंह, कृष्णा महरा साउद, कल्पना पौडेल, रीत रिजाल, सिताराम भट्ट, राजेन्द्र प्रसाद पन्त, ब्रीन्दा शाही, अनिता ढकाल, कमल सापकोटा, ज्योती पाण्डेय, सुनिता सुरी, सन्जय तिमल्सिना, बुद्धिलक्ष्मी लाखे श्रेष्ठ र पुनराम घिमिरेले अनुसन्धानमूलक २६ वटा कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

आइतबार कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्टको अध्यक्षता समापन भएको उक्त सम्मेलनको  शनिबार उद्घाटन भएको थियो ।

सम्मेलन सबैका लागि महत्त्वपूर्ण भएको स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत रोशमा भुलले बताइन् । अङ्ग्रेजीमा प्रस्तुती गर्न आफूलाई सहज भएको उनले बताइन् । त्यस्तै सम्मेलनमा सहभागी तिर्थराज जोशीले सम्मेलन अत्यन्तै राम्रो भएको र म स्वयम शिक्षक भएर पनि आफैमा सुधार्नुपर्ने र सरकारको मात्रै मुख ताकेर नहुने बताए । सम्मेलन सोचेकोभन्दा राम्रो भएको र अगामी दिनमा पनि केएमसीसँग सहकार्य गरेर अगाडि बढ्ने काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक टिकाराम पौडेलले बताए । 

अन्तमा उक्त सम्मेलनका संयोजक मोहनसिंह साउदले सम्पूर्णलाई  धन्यवाद ज्ञापन गरेका छन् । सम्मेलनको सञ्चालन कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक सिताराम भट्टले गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज