Advertisement

विस्थापित हुँदै उखु पेल्ने कोल

Advertisement

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-५ देवीस्थानका भगीरथ भट्टले उखुखेती गर्न थाल्नुभएको तीन दशक बढी समय बित्यो । सुरुआतमा उखु बिक्रीका लागि ऊनी महाकाली नदी तरेर सुडाको चिनी मिलमा ल्याउथिन् । महाकालीमा पक्की पुल थिएन । गाडी चल्न गाह्रो हुनाले उनले उखु महाकाली पार गर्न भारतीय बाटोको प्रयोग गर्नुपर्थ्यो । 

भारतीय बाटो हुँदै शारदा ब्यारेज नभए महाकाली नदीबाटै जोखिम मोलेर उखु बिक्रीका लागि लैजानुपर्ने सास्ती थियो । दोधारा चाँदनीका स्थानीय किसानको बाध्यता यस्तै थियो । 

वि.सं.२०४८ सालमा उनले दोधारा चाँदनीमा उखु पेल्ने परम्परागत कोल सञ्चालन गरेकी थिइन् । “उखु बिक्रीका लागि मिलसम्म लैजान सास्ती हुन्थ्यो । मिलले पनि समयमै पैसा दिन्थेन”, उनले भनिन्, “आफ्नै उखुको पैसा उठाउन पटक-पटक धाउनुपर्थ्यो । यसपछि आफैले उखु पेल्ने कोल सञ्चालनमा ल्याए ।”

अहिले पनि उनले उखु पेल्ने परम्परागत कोललाई निरन्तरता दिएकी छिन् । दोधारा चाँदनीमा उखु पेल्ने साना उद्योग विस्थापित हुँदै गएको ऊनी बताउछिन् । विगतदेखि सञ्चालनमा रहेका कोल बन्द गरेर स्थानीय व्यापारी पलायन हुँदै गएका छन् । “मैलेँ सञ्चालन गर्दा यहाँ ११ कोल चलिरहेका थिए । अहिले छ मात्रै छन्”, उनले  भनिन्, “यो व्यवसायबाट जीवन चलाउनै समस्या भएपछि व्यापारी पलायन भएका छन् ।”

उनका अनुसार दोधारा चार र चाँदनी दुई परम्परागत उखु पेल्ने कोल सञ्चालनमा छन् । बजार र कामदार अभावका साथै उखु नपाउँदा परम्परागत कोलको व्यवसाय विस्थापित हुँदै गएको हो । उनले पनि यस वर्ष उखु पेल्ने कोल सञ्चालन नगर्ने मनस्थितिमा थिइन् ।

 “भारतीय सामान बजारमा छ्यापछ्याप्ती हुँदा हाम्रो उत्पादनले बजार पाउँदैन । आम्दानी पनि नभएकाले कोल छोड्ने विचार गरेको थिएँ”, उनले भनिन्, “आफ्नै उखु पेल्न पनि चलाउनु पर्‍यो भनेर जमिन बेचेर पनि जेनतेन कोल चलाएँ ।” 

किसानबाट उनले उखु प्रतिक्विन्टल चार सय ५० देखि पाँच सयका दरले खरिद गर्ने गरेकी छिन् । उखु पेलेर त्यसबाट आउने रसलाई पकाएर उत्पादन गरिने गुड बिक्री गर्ने गरेको उनले बताइन् ।

“सुरुआतमा राम्रै आम्दानी हुन्थ्यो । अहिले लगानी उठाउनै पनि हम्मेहम्मे पर्छ”, उनले भनिन्, “महेन्द्रनगरदेखि पहाडी भेगसम्म गुड बिक्रीका लागि जान्थ्यो । अहिले मोल नै पाउँदैनौँ ।” भगीरथको उखु पेल्ने उद्योगमा सात जना भारतीय कामदार कार्यरत छन् । पछिल्लो समय कोलमा काम गर्ने कारिगढ पाउनै मुस्किलपर्ने गरेको उनले बताइन् ।

बस्ती विस्तारले गर्दा खेतीयोग्य जमिन घट्दै गएकाले विगतको तुलनामा उखुखेती पनि कम हुने गरेको छ । महाकालीमा पक्की पुल निर्माणसँगै दोधारा चाँदनीका स्थानीय किसान उखु बिक्रीका लागि चिनी मिलसम्म पुर्‍याउने गरेका छन् । “पक्की पुल बनेपछि धेरैजसो किसान चिनी मिललाई नै उखु बिक्री गर्छन् । गाडीमा राखेर सहजै पारी लैजान सकिन्छ”, दोधारा चाँदनी नगरपालिका-५ का उखु किसान पदमसिंह भण्डारीले भने, “उखु खेती गर्ने किसान पनि विगतको भन्दा कम छन् ।”

उनले दुई दशकदेखि उखुखेती गर्दै आएका छन् । उनेले एक बिघा क्षेत्रमा उखुखेती गरेका छन् । उखु खेतीबाट वार्षिक एक लाख आम्दानी हुने गरेको उनले बताए । “उखु खेतीमा आम्दानी राम्रै छ । त्यही पनि पछिल्लो समय उखुखेती गर्ने क्षेत्रफल घटिरहेको देखिन्छ”, उनले भने, “पहिले एकै किसानले बिघामा खेती गर्थे । बस्ती विस्तार हुँदै गएपछि अहिले दुई-तीन कठ्ठा क्षेत्रफलमा सीमित भएको छ ।” रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज