Advertisement

कैलालीमा पुनःस्थापना नहुँदा पहिरो प्रभावितको विचल्ली

Advertisement

धनगढी – कैलालीको चुरे गाउँपालिकाका बाढी, पहिरो प्रभावितहरुको विचल्ली भएको छ । थातथलोबाट विस्थापित भएको तीन वर्ष भए पनि पुनःस्थापना हुन नसक्दा उनीहरुको विचल्ली भएको हो ।

सो गाउँपालिकाको वडा –४, ५ र ६ को विभिन्न गाउँका स्थानीय बाढी, पहिरोको कारण विस्थापित भएका छन् । पुनःस्थापनाको पर्खाइमा रहेका ती परिवार टहरामुनि चिसोरात काट्दैआएका छन् । 

विस्थापित केही परिवारका सदस्य आफन्तको घरमा बसे पनि धेरैजसो जङ्गलमा टहरा बनाएर बसिरहेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । उनका अनुसार सुरुमा ५१८ परिवार विस्थापित भएका थिए । जसमध्ये १२० परिवारको केही पनि बचेको छैन । नम्बरी जग्गा भएका ती परिवारले घरखेत गुमाएका छन् । 

गाउँपालिकाले उनीहरुको पुनःस्थापनाका लागि सरोकारवाला निकायमा पहल गरिरहेको जनाएको छ । सम्भवतः दुई महिनाभित्र उनीहरुको पुनःस्थापना गर्नेगरी प्रक्रिया अगाडि बढाइएको अध्यक्ष बोगटीले बताए । उनीहरुलाई घरजग्गाका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम उपलब्ध गराउने गरी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ । कार्यविधि बनिसकेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । 

नम्बरी जग्गा गुमाएका प्रतिपरिवारलाई घर बनाउने जग्गा खरिदका लागि तीन लाख रुपियाँ र घर बनाउनका लागि चार लाखगरी सात लाख रुपियाँ उपलब्ध गराइने जनाइएको छ । अध्यक्ष बोगटीका अनुसार पहिरो तथा बाढी विस्थापितका लागि सङ्घले ६० प्रतिशत, प्रदेशले ३० र सम्बन्धित स्थानीय तहले १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्नेगरी कार्यविधि बनेको छ । 

“जम्मा भएको पैसा सम्बन्धित पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध हुनेछ” अध्यक्ष बोगटीले बताए । चुरेको वडा नम्बर ४ का सउन, बाजी, वनद्वार, वडा नम्बर ५ का काफलगैडा, पटरेनी, गुणी, खानीडाँडा काफलगैडा र सल्लेरी गाउँका मान्छे विस्थापित छन् । 

यस्तै, वडा नम्बर ६ को बगेडी, बसडी, गौजना, तल्लो गौजना, तितरे लगायतका गाउँका स्थानीय बाढी, पहिरोका कारण विस्थापित भएर कष्टकर जीवनयापन गर्दैआएको बताइएको छ । -गोरखापत्रबाट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज