
धनगढी – आज देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा नै रहेको छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।

