Advertisement

रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

Advertisement

राकेश खड्का । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् ।

घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गरेका छन् । पार्टीको झण्डामा प्रयोग भएको रङ्ग निलो बस भएकाले बसलाई ‘ब्लु बस’ भनिएको छ ।

बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालनमा आउने छ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिने छ । बसभित्र महिलाका लागि अत्यावश्यक सामग्रीसँगै सांसद लामिछानेलाई चिठ्ठी राख्ने ठाउँको व्यवस्था हुने छ । लामिछानेले निर्वाचनको समयमागरेको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा गरेको छन्। उनीहरुलाई मासिक ४० हजारदेखि एक लाख ५० हजारसम्मको तलबको व्यवस्था हुने छ ।

लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । पैसठ्ठी वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । त्यसमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको समूहले घरमा नै पुगेर सेवा दिने छ । थप उपचार आवश्यक परेमा परामर्श गरी अस्पताल पठाउने व्यवस्था मिलाइने भएको छ ।

उनले स्वास्थ्य चितवन अभियानअन्तर्गत आफ्नो क्षेत्रका विपन्न नागरिकलाई रु पाँच लाख बराबरको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने बताए । पहिलो चरणमा एक सय जनालाई समावेश गरिने छ ।

लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताएका छन्। भरतपुर महानगरपालिकाको रामनगर मावि र कालिका नगरपालिकाको चतुर्मुखी माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पहिलो चरणमा उत्कृष्ठ शिक्षा दिएर ती दुई विद्यालय नमुना बनाइने छ । यससँगै अन्य कक्षा र अरु विद्यालय नमुना बनाउँदै लगिने छ । उनले इच्छाकामनाको भाराङ्को आधारभूत विद्यालयलाई नमुना शैक्षिक संस्थाका रुपमा विकास गरी आवासीय विद्यालय बनाउन सुरु गरिएको जानकारी दिए।

कार्यक्रमको घोषणाका क्रममा नारायणगढ–मुग्लिन सडकमा वर्षातको समयमा यात्रुले दुःख पाउने गरेको भन्दै उनले २० जनाको स्वयमसेवी समूह ९आरएटि० परिचालन गरिने बताए । वर्षातको समयमा मात्र यो ¥यापिट एक्सन टिम परिचालन हुने छ । उनकै कार्यक्रममा आफूले प्राप्त गरेको मत ५४ हजार एक सय ७४ बराबर फलफूल र अन्यका बिरुवा निर्वाचन क्षेत्रमा रोपिने जनाइएको छ । मतदाताको सम्मानमा ‘एक मत एक बिरुवा’ रोप्न लागिएको हो । कार्यक्रमका लागि आवश्यक बजेट जुटाउन चितवन क्लब गठन गरिने छ ।

क्लबमा विदेशमा रहेका चितवनवासीलाई समावेश गरेर आर्थिक सहयोग जुटाइने उनले बताए । लामिछानेले आजै भरतपुरको बसेनीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । कार्यालयमा प्रमुख कार्यकारी अधिकृतका रुपमा हेमन्त बराललाई नियुक्त गरिएको छ । कार्यालयको लामिछानेसहित पार्टीका नेताले घण्टी बजाएर उद्घाटन गरेका हुन् । लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो । उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको आज एक सय दिन पुगेको हो । रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज