Advertisement

एलपीएलमा आज : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

Advertisement

धनगढी – कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्। 

धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई तथा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो।

आजको पहिलो खेलमा समुह ‘बि’ अन्तर्गत धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गर्‍यो।

फाप्ला क्रिकेट मैदानमा निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो।

धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिंदै कैलाली मल्टिपलको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित ऐरले ३ ओभरमा १ मेडन ओभर फाल्दै मात्र ४ रन खर्चिए।

अनिश अवस्थी र मान साउदले २/२ विकेट लिए। कैलालीको ब्याटिंगमा गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। यसअघि टस हारेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो।

धनगढीको लागि कप्तान विजय रानाले ओपनिंग ब्याटिंग गर्दै सर्वाधिक ४१ रन योगदान दिए जुन क्रममा उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। हृतिक थापाले अविजित ३७ रन बनाए जुन क्रममा ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे। निरज ऐरले १० बलमा १ चौका र २ छक्का मद्दतले २१ रन बनाए। कैलालीका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दिप कपडेलले २/२ विकेट लिए।

आजको दोश्रो खेलमा समुह ‘ए’ अन्तर्गत धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गर्यो। धनगढी स्पोर्ट्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्लाले १५.२ ओभरमा ९४ रनमा सबै विकेट गुमायो।

कैलालीको ब्याटिंगमा दिपक टमाटाले सर्वाधिक ३३ रन तथा बिनोद नाथ र नरेन साउदले समान १३ रन योगदान दिए। बलिंगमा भोज राज भट्ट र दिपक चन्द ठकुरीले ३/३ विकेट लिए भने नारायण जोशीले २ विकेट लिए।

दिपकले ४ ओभरमा १ मेडन गर्दै १० रन तथा भोजले ३ ओभरमा २० रन खर्चिए। प्लेयर अफ द म्याच घोषित नारायणले ३.२ ओभरमा १२ रन खर्चिए। यसअघि टस जितेर ब्याटिंग गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनायो।

धनगढीको लागि ओपनर आयुष्मान बमले सर्वाधिक ४५ रन बनाए जुन क्रममा ३४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। नारायण जोशीले २५ बलमा ३५ रन बनाउने क्रममा ३ चौका र २ छक्का तथा आयुब चन्दले २९ बलमा ३२ रन बनाउने क्रममा ३ चौका र १ छक्का प्रहार गरे। ओपनिंग गरेका सुनिल धमलाले २५ रन बनाए।

कैलाली जिल्ला क्रिकेट संघको बलिंगमा नरेन साउदले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २८ रन खर्चिए। राहुल केसी र डबल ऐरले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भोलि मंगलबार दुई खेल संचालन हुनेछन्। पहिलो खेल बिहान ९ बजे सुदूरपश्चिमांचल एकेडेमी र घोडाघोडी क्रिकेट एकेडेमी बीच तथा दिउँसो १ बजे शुक्लाफाँटा ब्ल्याकबक्स र खप्तड इन्डोर बीच हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज