Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
मेहनतले सुन्तला बगैँचा हराभरा, बजार र सडकको अभावमा किसान सिद्धराज कुँवर
Advertisement

मेहनतले सुन्तला बगैँचा हराभरा, बजार र सडकको अभावमा किसान सिद्धराज कुँवर

Advertisement

बझाङ। कृषि पेसालाई जीवनको मुख्य आधार बनाउँदै निरन्तर मेहनत र लगनशीलताका साथ व्यावसायिक कृषि कर्ममा सक्रिय बझाङको बुङ्गल नगरपालिका–५, खोगोलाडीका ५६ वर्षीय कृषक सिद्धराज कुँवर स्थानीय स्तरमा कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ। तर, कृषि उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि सडक तथा बजारको अभावले उहाँको मेहनतले अपेक्षित प्रतिफल पाउन सकेको छैन।

  • बुवा गौरीलाल कुँवर र आमा झुपारी देवी कुँवरका जेठा छोरा सिद्धराज कुँवर विगत १० देखि १५ वर्षदेखि कृषि पेसामा निरन्तर सक्रिय हुनुहुन्छ। उहाँ श्री नवीन कृषि तथा पशुपन्छी फार्मका सञ्चालकसमेत हुनुहुन्छ। उहाँले सुन्तला खेतीलाई मुख्य प्राथमिकतामा राख्दै तरकारी, केरा तथा उखु खेतीसमेत गर्दै आउनुभएको छ।

विशेषगरी सुन्तला खेतीमा राम्रो सम्भावना देख्नुभएका कुँवरले आफ्नो मेहनत र लगनशीलताबाट कृषि व्यवसायलाई आम्दानीको प्रमुख स्रोतका रूपमा विकास गर्नुभएको छ। उहाँका अनुसार सुन्तला खेतीबाट मात्रै वार्षिक करिब ६ देखि ७ लाख रुपैयाँ आम्दानी हुने गरेको छ। त्यस्तै, तरकारी, केरा, उखु तथा अन्य कृषि व्यवसायबाट वार्षिक करिब २ देखि ३ लाख रुपैयाँ आम्दानी हुने गरेको छ। यसरी उहाँको कुल वार्षिक आम्दानी करिब ९ देखि १० लाख रुपैयाँ पुग्ने गरेको छ।


कृषि व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएका कुँवरका लागि भने उत्पादित वस्तुको बजारीकरण मुख्य चुनौती बनेको छ। उत्पादन भएको सुन्तला तथा तरकारी बजारसम्म पुर्‍याउन सडक सुविधाको अभावले निकै कठिनाइ हुने गरेको उहाँ बताउनुहुन्छ। सडकको सहज पहुँच नहुँदा बिजगडासम्म पुग्नसमेत १ देखि २ घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ।
एकातिर वर्षभरि मेहनत र लगानी गरेर कृषि उत्पादन गर्नुपर्ने, अर्कोतिर उत्पादित वस्तु बजारसम्म पुर्‍याउन कठिनाइ भोग्नुपर्ने अवस्थाले आफूहरू समस्यामा परेको उहाँको भनाइ छ। विशेषगरी सुन्तलाको उत्पादन राम्रो भए पनि अपेक्षाअनुसारको मूल्य नपाउँदा मेहनतअनुसारको आम्दानी लिन नसकेको उहाँको गुनासो छ।
खोगोलाडीलगायत बुङ्गल क्षेत्रका विभिन्न स्थानमा कृषि उत्पादनको सम्भावना हुँदाहुँदै पनि सडक, ढुवानी, बजार व्यवस्थापन तथा उचित मूल्यको अभावले कृषकहरू निरुत्साहित हुनुपर्ने अवस्था देखिएको छ। उत्पादन बढाउने मात्र नभई उत्पादित कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्‍याउने र किसानले उचित मूल्य पाउने वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ।
यसका लागि बुङ्गल नगरपालिका, कृषि ज्ञान केन्द्र बझाङ तथा कृषि क्षेत्रसँग सम्बन्धित अन्य निकायले यस्ता व्यावसायिक कृषकको पहिचान गरी आवश्यक प्राविधिक सहयोग, कृषि उपकरण, अनुदान, रोग तथा कीरा नियन्त्रणसम्बन्धी परामर्श र बजार व्यवस्थापनमा विशेष पहल गर्नुपर्ने देखिन्छ। साथै, कृषि उत्पादनको सम्भावना भएका बस्तीहरूमा सडक तथा ढुवानी सुविधाको विस्तार गर्न पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ।

कृषि पेसामा निरन्तर लागेर आफ्नै गाउँमा राम्रो आम्दानीको सम्भावना देखाउनुभएका सिद्धराज कुँवरको मेहनत र योगदान प्रशंसनीय छ। उहाँजस्ता कृषकलाई आवश्यक सहयोग, प्रोत्साहन र बजारको सुनिश्चितता गर्न सके स्थानीय कृषि उत्पादनमा वृद्धि हुनुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

मेहनतले सुन्तला बगैँचा हराभरा, बजार र सडकको अभावमा किसान सिद्धराज कुँवर

बझाङ। कृषि पेसालाई जीवनको मुख्य आधार बनाउँदै निरन्तर मेहनत र लगनशीलताका साथ व्यावसायिक कृषि कर्ममा सक्रिय बझाङको बुङ्गल नगरपालिका–...
एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज