Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
कपिल बिष्ट, Author at कामनाटुडे
Advertisement

Author: कपिल बिष्ट

कपिल बिष्ट कामना टेलिभिजन प्रा.लि.द्वारा सञ्चालित अनलाइन समाचार पोर्टल कामनाटुडेमा आबद्ध पत्रकार हुन्। उनी समाचार संकलन, लेखन तथा समसामयिक सामाजिक विषयवस्तुको प्रस्तुतीकरणमा सक्रिय छन् । पत्रकारितामार्फत समाजका आवाज, जनसरोकारका विषय, स्थानीय समस्या तथा सार्वजनिक चासोका मुद्दाहरूलाई उजागर गर्ने उद्देश्यका साथ उनी सञ्चार क्षेत्रमा क्रियाशील छन् । सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणलाई पत्रकारिताको आधार मान्ने बिष्ट जनताको सूचना पाउने अधिकार र जिम्मेवार पत्रकारिताको पक्षमा सक्रिय छन् ।

मेहनतले सुन्तला बगैँचा हराभरा, बजार र सडकको अभावमा किसान सिद्धराज कुँवर

बझाङ, सुदूरपश्चिम
बझाङ। कृषि पेसालाई जीवनको मुख्य आधार बनाउँदै निरन्तर मेहनत र लगनशीलताका साथ व्यावसायिक कृषि कर्ममा सक्रिय बझाङको बुङ्गल नगरपालिका–५, खोगोलाडीका ५६ वर्षीय कृषक सिद्धराज कुँवर स्थानीय स्तरमा कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ। तर, कृषि उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि सडक तथा बजारको अभावले उहाँको मेहनतले अपेक्षित प्रतिफल पाउन सकेको छैन। बुवा गौरीलाल कुँवर र आमा झुपारी देवी कुँवरका जेठा छोरा सिद्धराज कुँवर विगत १० देखि १५ वर्षदेखि कृषि पेसामा निरन्तर सक्रिय हुनुहुन्छ। उहाँ श्री नवीन कृषि तथा पशुपन्छी फार्मका सञ्चालकसमेत हुनुहुन्छ। उहाँले सुन्तला खेतीलाई मुख्य प्राथमिकतामा राख्दै तरकारी, केरा तथा उखु खेतीसमेत गर्दै आउनुभएको छ। विशेषगरी सुन्तला खेतीमा राम्रो सम्भावना देख्नुभएका कुँवरले आफ्नो मेहनत र लगनशीलताबाट कृषि व्यवसायलाई आम्दानीको प्रमुख स्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज