Advertisement

पहिलो हार बिर्साउँदै सुदूरपश्चिमले चाख्यो जितको स्वाद

Advertisement

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले प्रतियोगितामा जितको खाता खोलेको हो।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ३६ बलमा ५१ रन बनाए। इशान पाण्डेले ३७ र ब्रान्डन म्याकमुलेनले २२ रनको योगदान दिए।

पोखराका धनञ्जय लक्षण, मेहदी हसन र साकिब अल हसनले समान एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पोखराका अर्जुन घर्तीले अविजित ४० रन बनाए। उनले २५ बलको सामना गरे। मेहदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१, साकिब अल हसनले १४ र धनञ्जय लक्षणले ११ रन जोडे।

सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा तीन विकेट लिँदै पोखराको ब्याटिङ दबाबमा राखे। हेमन्त धामी, स्कट कुगेलेइन र कप्तान ऐरीले समान एक विकेट लिए।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। दोस्रो खेलमा जित निकाल्दै टोलीले प्रतियोगितामा पुनरागमन गरेको छ।

एनपीएलअन्तर्गत बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो १२ः३० बजे जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्नेछन्। दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सुदूरपश्चिम र लुम्बिनीसहित विराटनगर किंग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन्। तेस्रो संस्करणको एनपीएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पहिलो हार बिर्साउँदै सुदूरपश्चिमले चाख्यो जितको स्वाद

पहिलो हार बिर्साउँदै सुदूरपश्चिमले चाख्यो जितको स्वाद

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा बुध...
एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँ...
अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछाम- अछामको ढकारी गाउँपालिकाका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि स्थानीयवासी सञ्चार सेवाबाट प्रभावित भएका छन...
भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज