धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते भएका जोशीपुर गाउँपालिका-२ का १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार नदीमा डुबेर घाइते भएका चौधरीलाई सँगै गएका धनगढी उपमहानगरपालिका-७ धुइयाघाटका १७ वर्षीय अर्मान राना र सोही वडाको मोतीचोकका १७ वर्षीय किशोर थापाले धनगढीस्थित निसर्ग अस्पताल पुर्याएका थिए। उनको साँझ करिब ५ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक चौधरी हाल धनगढी उपमहानगरपालिका-७ मनहरामा कोठा भाडामा लिएर बस्दै आएका थिए।

