Advertisement

बझाङमा सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी, अदालतमा जबरजस्ती करणीका मुद्दासमेत बढे

Advertisement

बझाङ- जिल्ला अदालत बझाङमा आर्थिक वर्ष २०८२-८३ मा सम्बन्धविच्छेद, अंश तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा उल्लेख्य वृद्धि भएको छ।

मंगलबार पत्रकारहरूसँग वार्षिक कार्यप्रगति सार्वजनिक गर्दै अदालतले आर्थिक वर्षभर अंश तथा सम्बन्धविच्छेदका ३९ वटा मुद्दा दर्ता भएको जनाएको छ। त्यसपछि जबरजस्ती करणी तथा करणीसम्बन्धी २२ र जग्गासम्बन्धी २१ वटा मुद्दा दर्ता भएका छन्।

त्यसैगरी अंशबन्डाका १३, बालविवाह तथा बहुविवाहका १०, लागूऔषधका १०, चोरीका ९, अभद्र व्यवहारका ८, कुटपिट, लुटपाट तथा गालीबेइज्जतीका ७, ज्यान मार्ने उद्योगका ६, जालसाजीका ५, चेक अनादर तथा बैंकिङ कसुरका ५, सवारी ज्यान तथा हेलचेक्र्याइँका ५, बाल यौन दुरुपयोगका ४, कर्तव्य ज्यानका ४, आत्महत्या दुरुत्साहनका ४, बकपत्र बहसका ३, आपराधिक उपद्रवका ३, ठगीका २ र जग्गा खिचोलाका २ मुद्दा दर्ता भएका छन्। पालनपोषण, लेनदेन, राजीनामा लिखत पारित, नक्कली नोट, हातहतियार, मिलापत्र बदर, अदालतको अवहेलना, निषेधाज्ञा तथा लिखतसम्बन्धी कसुरका एकएक वटा मुद्दा पनि दर्ता भएका छन्।

अदालतका अनुसार चालु आर्थिक वर्षमा कुल १९१ वटा मुद्दा लगतमा रहेकामा १५१ वटा फर्छ्योट भएका छन् भने ४० वटा विचाराधीन छन्। यस अवधिमा दर्ता भएका १५२ नयाँ मुद्दामध्ये ११४ वटा फर्छ्योट भई ३८ वटा बाँकी छन्।

यस्तै, आर्थिक वर्ष २०८१-८२ बाट जिम्मेवारी सरेका ३९ मुद्दामध्ये ३७ वटा फर्छ्योट भइसकेका छन् भने दुई वटा मात्रै बाँकी छन्। हाल अदालतमा दुई वर्षभन्दा पुराना कुनै पनि मुद्दा बाँकी नरहेको निमित्त श्रेस्तेदार प्रकाश सिंहले जानकारी दिए।

कार्यक्रममा जिल्ला अदालत बझाङका न्यायाधीश सुवर्णमान बनेपालीले मोबाइल फोनको बढ्दो प्रयोग र दुरुपयोग का कारण जबरजस्ती करणी तथा महिला र बालबालिकासम्बन्धी मुद्दामा वृद्धि भइरहेको भन्दै चिन्ता व्यक्त गरे।

उनले अदालतबाट दोषी ठहर भई कैद वा जरिवानाको सजाय सुनाइएका केही व्यक्ति सजाय भुक्तान नगरी गाउँघरमै बसिरहेको पाइएको उल्लेख गर्दै त्यस्ता फरार वा जरिवाना नतिरेका व्यक्तिलाई राज्य तथा स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधा रोक्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिसकिएको जानकारी दिए।

अदालतका अनुसार हाल फौजदारीतर्फ ३,९०५ र देवानीतर्फ ३,३३८ गरी कुल ७,२४३ वटा पुराना मिसिल रहेका छन्। तीमध्ये ३,४८१ वटा मिसिल सडाइसकिएको तथा ६,४५८ वटा मिसिल कम्प्युटर प्रणालीमा प्रविष्ट गरिएको छ। अहिले ६५० वटा मिसिल अति जीर्ण, १,१४८ वटा जीर्ण र ५,३९८ वटा सामान्य अवस्थामा रहेका छन्।

आर्थिक वर्ष २०८२-८३ मा जिल्ला अदालत बझाङले विभिन्न शीर्षकबाट १६ लाख २८ हजार ७८८ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज