Advertisement

बेंगलुरुमा बझाङका विजयराज भट्टको रहस्यमय मृत्यु : न्यायका लागि संसददेखि सडकसम्म आवाज, छानबिन र राहतको माग

Advertisement

भारतको बेंगलुरुमा रोजगारीका क्रममा रहेका बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–४ निवासी विजयराज भट्टको रहस्यमय परिस्थितिमा मृत्यु भएपछि घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन चौतर्फी दबाब बढ्दै गएको छ।

प्राप्त जानकारीअनुसार भट्ट आफ्नै अपार्टमेन्टभित्र कुटपिटबाट गम्भीर घाइते भएका थिए। त्यसपछि उनलाई उनकी श्रीमतीलाई अपार्टमेन्टको गेटमा बोलाएर जिम्मा लगाइएको बताइएको छ। आफन्तहरू कोठामा पुग्दासम्म उनको मृत्यु भइसकेको थियो।

घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भए पनि अन्य सम्भावित संलग्न व्यक्तिमाथि प्रभावकारी अनुसन्धान हुन नसकेको भन्दै परिवार तथा स्थानीय सरोकारवालाले निष्पक्ष, पारदर्शी र गहिरो छानबिनको माग गरेका छन्।

स्वर्गीय भट्टका पछाडि दुई जना नाबालक सन्तान रहेका छन्। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले दैनिक जीवनयापन, बालबालिकाको पालनपोषण तथा किरिया–खर्चसमेत जुटाउन कठिनाइ भएको जनाइएको छ। यसैलाई मध्यनजर गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन नेपाल सरकार तथा सुदूरपश्चिम प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाइएको छ।

यस घटनाले संघीय संसदसम्म प्रवेश पाएको छ। बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ऐन महरले संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्न, घटनाको निष्पक्ष छानबिनका लागि भारत सरकारसँग आवश्यक कूटनीतिक पहल गर्न तथा पीडित परिवारलाई राहत र न्याय दिलाउन सरकारसँग माग गरेका छन्।

यता, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पीडित परिवारलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने तथा भारतस्थित नेपाली दूतावास र भारतीय पक्षसँग समन्वय गरी घटनाको सत्यतथ्य छानबिनका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

यसैबीच, सुदूरपश्चिम प्रदेशका युवाहरूको नेतृत्व गर्दै सन्तोष रावलको नेतृत्वमा रहेको युवा टोलीले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय, कैलालीमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमार्फत विजयराज भट्टको रहस्यमय मृत्युको निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धान गर्न, घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्न नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र सम्बन्धित निकायले आवश्यक कूटनीतिक तथा कानुनी पहल गर्न माग गरिएको छ।

युवा टोलीले विदेशमा रोजगारीका क्रममा रहेका नेपाली नागरिकको सुरक्षा, अधिकार र जीवनको संरक्षणलाई राज्यको उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै भविष्यमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी सुरक्षा तथा समन्वय संयन्त्र निर्माण गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

स्थानीयवासी, पीडित परिवार तथा सरोकारवालाले जिल्ला प्रशासन कार्यालय, नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी घटनाको निष्पक्ष अनुसन्धान, दोषीलाई कानुनी दायरामा ल्याउने, पीडित परिवारलाई राहत, क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्।

पीडित परिवार र आफन्तहरूले प्रतिनिधिसभा सदस्य ऐन महरले संघीय संसदमा सशक्त रूपमा आवाज उठाएकोमा आभार व्यक्त गर्दै न्याय प्राप्तिका लागि नेपाल सरकार, भारत सरकार तथा सम्बन्धित निकायले उच्च प्राथमिकताका साथ आवश्यक कूटनीतिक र कानुनी पहल अघि बढाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज