Advertisement

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

Advertisement

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्।
गएराति करिब २ः३० बजेतिर विद्युत् तार सर्ट भई आगलागी भएको हो। आगलागीबाट उत्तम खातीले सञ्चालन गरेको कुले कालिका किराना पसल र मुकेश कठायतले सञ्चालन गरेको महेश किराना पसल पूर्णरूपमा ध्वस्त भएका छन्।
आगलागीका कारण दुवै पसलभित्र रहेका खाद्यान्न, तथा अन्य व्यापारिक सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन्।
कुले कालिका किराना पसलका सञ्चालक उत्तम खातीले आफू राति सुतिरहेको अवस्थामा एक्कासि आगलागी भएको थाहा पाएको बताए। “आगोले पसल घेरेको देखेपछि ज्यान जोगाउन मात्र सफल भएँ, तर पसलभित्र रहेका सामान बचाउन सकिनँ,” उनले दुःख व्यक्त गर्दै भने।
खातीका अनुसार आगलागीबाट आफ्नो पसलमा मात्रै १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। यस्तै मुकेश कठायतले सञ्चालन गरेको महेश किराना पसल पनि पूर्णरूपमा जलेर नष्ट भएको छ। कठायतले आगलागीबाट ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन्।
रातिको समय भएकाले आगो नियन्त्रणमा ल्याउन कठिन भएको स्थानीयको भनाइ छ। आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ।

अव्यवस्थित विद्युत् लाइन बिस्तारका कारण आगलागीका घटना घट्दै गएका छन् । बारम्बार यस्ता घटना दोहोरिँदा पनि समस्या समाधानतर्फ नेपाल विद्युत् प्राधिकरणको प्रभावकारी पहल देखिदैन । समयमै विद्युत् लाइनको मर्मत, व्यवस्थापन र स्तरोन्नति नगरिए यस्ता दुर्घटना अझ बढ्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज